सोमबार २६ कम्पनीले तिरे वार्षिक नवीकरण शुल्क, ४९ कम्पनीको कारोबार अझै रोक्का

Oct 21, 2019 05:25 PM Merolagani



नेप्सेले शुक्रबार वार्षिक नवीकरण शुल्क नबुझाउने ८१ वटा कम्पनी कारोबार रोक्का गरेका मध्ये आइतबार ६ कम्पनीको मात्र कारोबार खुला भएकोमा सोमबार थप २६ कम्पनीको शेयर कारोबार सुचारु भएको छ। 

यससँगै सोमबारसम्म कारोबार रोक्का भएका ३२ कम्पनीको शेयर कारोबार सुचारु भएको छ।सोमबारसम्म नवीकरण शुल्क बुझाएपछि ती कम्पनीहरुको कारोबार खुल्ला भएको हो।  सोमबार थप २६ कम्पनीले नवीकरण शुल्क बुझाएर कारोबार खुलाएपनि अझै ४९ कम्पनीहरुको शेयर कारोबार रोक्का छ।

नेप्सेका अनुसार सोमबार नवीकरण शुल्क बुझाउनेमा सबैभन्दा धेरै कित्ता शेयर सूचीकृत रहेको नेपाल दुरसञ्चार कम्पनी (नेपाल टेलिकम) र सबैभन्दा धेरै शेयरमूल्य रहेको युनिलिभर नेपाल लगायतका २६ कम्पनीहरु छन्।

सोमबार मुक्तिनाथ विकास बैंक, सिन्धु विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, कञ्चन डेभलपमेन्ट बैंक, कर्णाली विकास बैंक, सोल्टी होटल, यूनाइटेड फाइनान्स, लाइफ इन्स्योरेन्स कम्पनी, प्रभु इन्स्योरेन्सले नेप्सेलाई बुझाउनुपर्ने वार्षिक शुल्क बुझाएर कारोबार खुला गरेका हुन्।

यसैगरि जलविद्युत कम्पनीतर्फ चिलिमे हाईड्रोपावर कम्पनी, अपी पावर कम्पनी, यूनाइटेड मोदी हाईड्रोपावर, बरुण हाईड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी, युनिभर्सल पावर, हिमालयन पावर पार्टनरले वार्षिक नवीकरण शुल्क बुझाएका छन्।

लघुवित्त कम्पनीतर्फ मेरो माइक्रोफाइनान्स, ओमी माइक्रोफाइनान्स, ग्लोबल आईएमई लघुवित्त, आरम्भ माइक्रोफाइनान्स, सिभिल लघुवित्त, सामुदायिक लघुवित्त वित्तीय संस्था, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था, नाडेप लघुवित्त वित्तीय संस्थाले पनि नवीकरण बुझाएका छन्।

यसअघि आइतबार ग्रीन डेभलपमेन्ट बैंक, कामना विकास बैंक, सिर्नजी फाइनान्स, गुराँस लघुवित्त, इन्फिनीटी लघुवित्त र एनएमबी माइक्रोफाइनान्स गरी ६ कम्पनीले नवीकरण शुल्क बुझाएका थिए।

कारोबार रोक्का भएका कम्पनीले सुचीकरण दस्तुर बुझाउने वित्तिकै कारोबार खुल्ने नेप्सेले जनाएको छ। हरेक आर्थिक वर्ष समाप्तिको तीन महिनासम्ममा सूचीकरण नविकरण नगर्ने कम्पनीको शेयर कारोबार रोक्का हुन्छ।

नेप्सेले शुक्रबार ८१ कम्पनीले वार्षिक रुपमा तिर्नुपर्ने नविकरण शुल्क नबुझाएपछि शेयर कारोबार रोक्का गरेको थियो। नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार सूचीकरण तथा कारोबार स्थगित गरेकोे हो।

धितोपत्र सूचीकरण विनियमावली २०७५ मा चुक्ता पूँजी ५० करोड रुपैयाँ बरावरको शेयर सुचीकृत कम्पनीले वार्षिक रुपमा नविकरण शुल्क वापत ५० हजार रुपैयाँ र त्यस भन्दा धेरै चुक्ता पूँजी भएको कम्पनीले एक लाख रुपैयाँ बुझाउनुपर्ने व्यवस्था छ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।