बैंकिङ्ग र बीमा बढेसँगै नेप्सेमा सुधार

Oct 22, 2019 04:12 PM Merolagani

पछिल्ला दुई कारोबार दिन घटेको शेयर बजार परिसूचक नेप्से मंगलबार बैंकिङ्ग र जीवन बीमा उपसमूहको सूचक बढेसँगै सामान्य सुधार आएको छ। ठूला पूँजीकरण भएका कम्पनीहरु सम्मिलित दुबै उपसमूहमा सुधार आउँदा नेप्से मंगलबार २.४ अंक बढेर ११३४.७९ बिन्दुमा बढेर बन्द भएको छ।

नेप्से परिसूचक झिनो अंकले बढेपछि कारोबार रकम पनि सोमबारको तुलनामा सामान्य बढेको छ।

यस दिन १५५ कम्पनीहरुको १६ करोड ५२ लाख ९६ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। सेन्सेटिभ इन्डेक्स यस दिन ०.५ अंक, फ्लोट इन्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२८ अंक बढेको छ।

मंगलबार नेप्से सकारात्मक हुनुमा उत्पादन, विकास बैंक, जलविद्युत, लघुवित्त, विकास बैंकको उप समूहमा देखिएको सकारात्मक बढोत्तरीले समेत सहयोग पुर्याएको छ। यसदिन बैंकिङ उपसमूहको परिसूचक ०.४३ प्रतिशत, उत्पादन ०.४, जीवन बीमा ०.३८, जलविद्युत् ०.१५, विकास बैंकको ०.१० र लघुवित्तको सूचक ०.०९ प्रतिशत बढेको छ।

यस दिन अन्य उपसमूहको परिसूचक ०.५४ प्रतिशत, होटलको ०.४५ प्रतिशत, निर्जीवन बिमाको ०.४२ प्रतिशत, म्युचुअल फन्डको ०.१४ प्रतिशत र वित्तको ०.०५ प्रतिशत घटेको छ।

  • वाणिज्य बैंकहरुमा आकर्षण

यस दिन लगानीकर्ताहरु विशेष गरी वाणिज्य बैंकहरुको कारोबारमा आकर्षित देखिएका छन्। कारोबार रकमका आधारमा सर्वाधिक कारोबार भएका १० कम्पनीहरुको सूचीमा सबै वाणिज्य बैंकहरु नै परेका छन्। चालु आर्थिक वर्षको प्रथम त्रैमासको समाप्तीसँगै बैंकहरुको नाफा बढाउने र नेप्से सूचक घटेर वाणिज्य बैंकहरुको शेयरमूल्य अण्डरभ्यालु रहेकाले पनि लगानीकर्ताको पहिलो रोजाईमा वाणिज्य बैंक परेका हुन्।

 

 

तिहार लगत्तै लाभांश घोषणा गर्ने सूचना सञ्चार माध्यममा आएपछि मंगलबार नबिल बैंकमा लगानीकर्ताहरुको विशेष आकर्षण देखिएको छ। बैंकले यसअघिका वर्षहरुमा पहिलो त्रैमासभित्रै लाभांश घोषणा गर्दै आएको थियो। तर, चालु आवमा भने लगानीकर्ताहरुले नबिलको लाभांश घोषणामा ढिलाई भएको छ।

नबिलको यस दिन ७४ वटा कारोबारमा १ करोड ३२ लाख २३ हजार रुपैयाँ बराबरको १७ हजार ४ सय ९३ कित्ता शेयर शेयर खरीद बिक्री भएका छन्। बैंकको शेयरमूल्य भने यस दिन २ रुपैयाँ घटेर ७५६ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

शेयर कारोबार भएको कित्ताका आधारमा पहिलो स्थानमा रहेको प्रभु बैंकको यस दिन १२४ पटकको कारोबारमा १ करोड ३ लाख १५ हजार रुपैयाँ बराबरको ३९ हजार १० कित्ता सेयर कारोबार भएको छ। १६ प्रतिशत बोनस घोषणा गरेको यस बैंकको सेयरमूल्य यस दिन १ रुपैयाँ बढेर २६४ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यसैगरि २८९ पटक कारोबार भएको रसुवागढी हाइड्रोपावर कम्पनी यस दिन पनि कारोबार संख्याका आधारमा शिर्ष स्थानमा रहेको छ। मंगलबार कारोबारमा आएका १५५ कम्पनीमध्ये ७० वटाको शेयरमूल्य बढेको छ भने ५४ कम्पनीको घटेको छ । २४ कम्पनीको शेयरमूल्य स्थिर रह्यो।

  • एभरेष्ट बैंकको अग्राधिकार शेयरमूल्यमा उच्च गिरावट

मंगलबार कारोबार आएर शेयरमूल्य घटेका ५४ कम्पनीहरुमध्ये एभरेष्ट बैंकको अग्राधिकार शेयरमूल्यमा उच्च गिरावट आएको छ। बैंकको शेयरमूल्य यस दिन ५ प्रतिशत अर्थात ३२ रुपैयाँ घटेर ६१३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । सोमबार पनि बैंकको अग्राधिकार शेयरको मूल्य करिब दश प्रतिशतले घटेको थियो।

बैंकले असोज २ गतेदेखि असोज ३० गतेसम्म २० प्रतिशत  अग्राधिकार शेयर साधारणमा परिवर्तन गर्न बुकक्लोज गरेको थियो। कार्तिक ३ गतेदेखि  नेप्सेमा बैंकको अग्राधिकार शेयरको कारोबार खुलेपछि शेयरमूलय घटिरहेको छ। अग्राधिकार शेयर साधारणमा रुपान्तरण भएपछि शेयरमूल्य घटेको हो। 

यसैगरि रिलायन्स फाइनान्स, सगरमाथा इन्स्योरेन्स, आशा लघुवित्त र महिला सहयात्रा लघुवित्तको शेयरमूल्य ४ प्रतिशत धेरैले गिरावट भएको छ।

 

 

उता कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा रहेको लक्ष्मी इक्विटी फण्डको इकाईमूल्य यस दिन ५.३० प्रतिशत बढेको छ। हिमालयन डिष्ट्रीलरी, नेपाल इन्स्योरेन्स र सूर्या लाईफ इन्स्योरेन्सको शेयरमूल्य ३ प्रतिशत धेरैले बढेको हो।


comments powered by Disqus

सामाजिक सुरक्षा कोषलाई परिस्कृत गर्दै लगिने : श्रममन्त्री

Nov 11, 2019 06:05 PM

सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई थप परिस्कृत गर्दै लगिने प्रतिबद्धता जनाएकाे छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमबार भएको छलफलमा मन्त्री गोकर्ण विष्टले संवाद र छलफलका माध्यमबाट योजनालाई थप परिस्कृत गर्दै लैजाने बताएका हुन् ।