नेपाल इन्भेष्टमेन्ट बैंकको २९ हजार कित्ता संस्थापक शेयर लिलामी बिक्रीमा आउने

Nov 04, 2019 11:08 AM Merolagani



नेपाल इन्भेष्टमेन्ट बैंक (NIBPO) ले २९ हजार ३८० कित्ता संस्थापक शेयर लिलामी बिक्रीमा ल्याउने भएको छ। बैंकले कार्तिक २१ गते देखि उक्त शेयर लिलामी बिक्रीमा ल्याउन लागेको हो। 

बैंकको लिलामी शेयरमा संस्थापक शेयरधनी तथा संस्थापक शेयर किन्न योग्य अन्य व्यक्ति तथा संस्थाहरुले पनि आवेदन दिन पाउनेछन्।

बैंकले बिक्रीमा ल्याउन लागेको उक्त लिलामी शेयरमा लगानीकर्ताले न्यूनतम प्रतिशेयर २७५ रुपैयाँ अंकित गरी प्रतिस्पर्धात्मक रुपमा आवेदन पेश गर्न सक्नेछन्। लगानीकर्ताले लिलामी शेयरमा न्यूनतम ३ हजार कित्तादेखि अधिकतम सबै कित्ता शेयर खरिदको लागि आवेदन दिन पाउने व्यवस्था रहेको छ।

बैंकको संस्थापक शेयर धितोपत्रको दोस्रो बजार अन्तिम पटक कार्तिक १७ गते ४१२ रुपैयाँमा कारोबार भएको छ। 

बैंकको शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले कार्तिक २८ गतेभित्र एनआइबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाटमा आवेदन आइपुग्नेगरी आवेदन पेश गनुपर्नेछ। लिलामी शेयरको बोलपत्र मंसिर २ गते बिहान साढे १० बजे एनआइबीएल एस क्यापिटलको कार्यालयमा खोलिने बैंकले जनाएको छ।

बैंकको लिलामी शेयरमा सबैभन्दा धेरै मूल्य अंकित गरी आवेदन गर्ने लगानीकर्तालाई प्राथामिकतामा राखेर शेयर बाँडफाँड गरिने छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।