स्वदेशी लघुवित्तले मर्जर र लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा

Nov 08, 2019 12:28 PM Merolagani



-पूँजी वृद्धिका लागि हकप्रदको बाटो।
स्वदेशी लघुवित्त वित्तिय संस्था (SDESI) ले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेर पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ। लघुवित्तले मंसिर १६ गते सोमबार होटल पाथिभराको सभाहल इटहरीमा विहान ११ बजे सभा बोलाएको हो। 

साधारण सभामा लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई सञ्चालक समितिले प्रस्ताव गरे अनुसारको कर सहित १५ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर गरी कूल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ।

त्यसैगरी लघुवित्तले बोनस शेयर वितरणपश्चात कायम हुने चुक्ता पूँजी २७ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत अर्थात चार बराबर एक शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव लैजादैछ।

बोनस वितरण तथा हकप्रद शेयर निष्काशन पश्चात लघुवित्तले पूँजी बृद्धि गरी ३४ करोड ५० लाख रुपैयाँ कायम गर्ने र सोहि अनुसार लघुवित्तको प्रबन्धपत्र तथा नियमावलिमा संशोधन गर्ने भएको छ।

सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने भएको छ।

त्यसैगरी लघुवित्तले मर्जर तथा एक्वीजिशन सम्बन्धि प्रस्ताव समेत सभाबाट पारित गर्ने भएको छ। लघुवित्तले अन्य कुनै लघुवित्त वित्तिय संस्थासँग मर्जर तथा एक्वीजिसनमा जान सञ्चालक समितिलाई सम्पुर्ण अख्तियारी प्रदान गर्ने भएको हो।

लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि लघुवित्तले मंसिर ६ गतेदेखि शेयरधनी किताब बन्द गर्ने भएकाले मंसिर ५ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र लघुवित्तको लाभांश र साधारणसभामा भाग लिन पाँउनेछन्।




शेयर बजार र घर जग्गमा लाग्ने कर बढ्यो, विदेश पढ्न जानेमाथि थप भार

May 29, 2026 08:11 PM

आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटसँगै सरकारले ल्याएको आर्थिक विधेयक र मन्त्रिपरिषद्को पछिल्लो निर्णयले नेपालको कर प्रणालीमा ठूलो फेरबदल ल्याएको छ।