रसुवागढी हाइड्रोपावरको साधारण सभा आह्वान

Nov 08, 2019 01:42 PM Merolagani



रसुवागढी हाइड्रोपावर (RHPL) ले मंसिर १७ गते कम्पनीको सातौं वार्षिक साधारणसभा आह्वान गरेको छ। हाइड्रोपावरले राष्ट्रिय सभागृह भृकुटीमण्डप काठमाण्डौंमा बिहान ११ बजे साधारण सभा बोलाएको हो। 

सभामा हाइड्रोपावर कम्पनीले २०७६ असार मसान्तसम्मको वसलात र गत आर्थिक वर्षको नगद प्रवाह लगायतका वित्तिय विवरण पारित गर्ने प्रस्ताव लैजादैँछ। 

त्यसैगरी लेखापरिक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्ने तथा कम्पनीको नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत सभामा लैजादैँछ।

हाइड्रोपावरले साधारण सभा प्रयोजनको लागि मंसिर ५ गते बुकक्लोज गर्ने भएकाले मंसिर ४ गतेसम्म कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन पाउनेछन्।

 




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।