रसुवागढी हाइड्रोपावरको साधारण सभा आह्वान

Nov 08, 2019 01:42 PM Merolagani



रसुवागढी हाइड्रोपावर (RHPL) ले मंसिर १७ गते कम्पनीको सातौं वार्षिक साधारणसभा आह्वान गरेको छ। हाइड्रोपावरले राष्ट्रिय सभागृह भृकुटीमण्डप काठमाण्डौंमा बिहान ११ बजे साधारण सभा बोलाएको हो। 

सभामा हाइड्रोपावर कम्पनीले २०७६ असार मसान्तसम्मको वसलात र गत आर्थिक वर्षको नगद प्रवाह लगायतका वित्तिय विवरण पारित गर्ने प्रस्ताव लैजादैँछ। 

त्यसैगरी लेखापरिक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्ने तथा कम्पनीको नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत सभामा लैजादैँछ।

हाइड्रोपावरले साधारण सभा प्रयोजनको लागि मंसिर ५ गते बुकक्लोज गर्ने भएकाले मंसिर ४ गतेसम्म कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन पाउनेछन्।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।