निर्धन उत्थानको पूँजीवृद्धि अनुपातमा मुनाफा वृद्धि उच्च

Nov 10, 2019 11:26 AM Merolagani



निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड (NUBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २१ करोड ६३ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.४८ प्रतिशत बढी हो।

समीक्षा अवधिमा निर्धन उत्थानको चुक्ता पूँजी २० प्रतिशत बढ्दा नाफा ४३ प्रतिशत बढेको हो। लघुवित्तको चुक्ता पूँजी २० प्रतिशत बढेर १ अर्ब २० करोड कायम भएको छ। लघुवित्तले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस शेयर वितरण गरेर चुक्ता पूँजी बढाएको हो।

लघुवित्तले असोज मसान्तसम्ममा ११ अर्ब ६५ करोड ३ लाख रुपैयाँ निक्षेप र ७ अर्ब ५६ करोड ४९ लाख सापटीबाट कूल २० अर्ब १३ करोड ७० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। जसबाट लघुवित्तले ४५ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ। यो गत आवको यसै अवधिको तुलनामा ७ करोड ७५ लाख रुपैयाँले बढी हो।

पहिलो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको जगेडा कोषमा २ अर्ब २९ करोड ९८ लाख रुपैयाँ जम्मा भएको छ। जुन गत आवको यसै अवधिको तुलनामा ३१.५८ प्रतिशत बढी हो। त्यसैगरी, लघुवित्तले सो अवधिसम्ममा ३४ करोड १७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ।

गत आवको मुनाफाबाट २५ प्रतिशत बोनस शेयर र १५.५३ प्रतिशत नगद लाभांश घोषणा गरेको यस लघुवित्तको निष्क्रिय कर्जा भने गत आवको तुलनामा ०.२८ प्रतिशत विन्दु बढेर १.३० प्रतिशत पुगेको छ। लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ३ करोड २५ लाख रुपैयाँ छुट्याएको छ।

चुक्ता पूँजीको अनुपातमा खुद नाफा धेरै बढेपछि लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आवको असोज मसान्तसम्ममा ६० रुपैयाँ ३१ पैसा रहेको लघुवित्तको प्रतिशेयर आम्दानी चालु आवको सोही अवधिमा बढेर ७२ रुपैयाँ १२ पैसा कायम भएको छ। लघुवित्तको मूल्य आम्दानी अनुपात १५.९३ गुणाबाट घटेर ११.१२ गुणा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १७ रुपैयाँ २२ पैसा बढेर २९२ रुपैयाँ कायम भएको छ।

यस लघुवित्तले हाल ७७ वटै जिल्लामा १८९ शाखा कार्यालयमार्फत सेवा दिइरहेको छ। पहिलो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले कुल ३ लाख ६४ हजार ९३९ परिवारलाई लघुवित्त सेवा दिएको कम्पनीले बताएको छ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।