नागबेली लघुवित्तको नाफामा सुधार, अन्य दुई लघुवित्तसँग मर्जरबाट राष्ट्रियस्तरको बन्दै

Nov 11, 2019 11:35 AM Merolagani



नागबेली लघुवित्त (NBBL)ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९५ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। लघुवित्तले आर्जन गरेको यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद नाफा ५६ लाख रुपैयाँ अर्थात १४२.१६ प्रतिशत धेरै हो ।

गत आवको यसै अवधिमा लघुवित्तले ३९ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। लघुवित्तले खर्च तथा आम्दानीका सूचकहरुलाई सन्तुलनमा राख्दै नाफा बढाउन सफल भएको देखिन्छ।

चुक्ता पूँजी १६ करोड ७६ लाख रुपैयाँ रहेको नागबेली  लघुवित्तको जगेडा कोषमा ४ करोड ३५ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा ३४ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ४७ करोड ३६ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्था मार्फत ऋण लिएर एक अर्ब दुई करोड ७२ लाख रुपैयाँ कर्जा परिचालन गरेको देखिन्छ ।

चालु आवको तीन महिना अवधिमा लघुवित्तले दुई करोड ८४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। लघुवित्तको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको तुलनामा ८६ प्रतिशतले धेरै हो। गत आवको प्रथम त्रैमासमा लघुवित्तले एक करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

लघुवित्तको निष्कृय कर्जा अनुपातमा सुधार भएको छ। गत आवको यसै अवधिमा ४.०९ प्रतिशत निष्कृय कर्जा अनुपात रहेको सुधार भई २.०६ प्रतिशतमा झरेको छ।

नागबेली  लघुवित्तको प्रतिशेयर आम्दानीमा दुई रुपैयाँ १९ पैसाले सुधार भएको छ। लघुवित्तको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ७५ पैसा कायम भएको छ। गत आवको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २० रुपैयाँ ५५ पैसा कायम भएको थियो। साथै लघुवित्तको प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ३१ पैसा छ ।

त्यस्तै लघुवित्तले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको २६ प्रतिशत अर्थात ४ करोड ३५ लाख ९६ हजार ६७० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.३६ प्रतिशत अर्थात २२ लाख ९४ हजार ५६१ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

राष्ट्रियस्तरको बन्ने लक्ष्य सहित नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत मिर्मिरे माइक्रोफाइनान्स, नागबेली लघुवित्त, र किसान माइक्रोफाइनान्सले गत बैशाख ३० गते मर्जर सम्झौता गरेका छन्। त्यसयता तीनबटै कम्पनीको शेयर कारोबार रोक्का छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।