राधी विद्युतको नाफा साढे २ करोड

Nov 14, 2019 08:39 AM Merolagani

राधी विद्युत कम्पनी (RADHI) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा १ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले ४७ लाख ७४ हजार रुपैयाँले नाफा बढाएको हो।

विद्युत बिक्रीबाट हुने आम्दानी बढ्दा कम्पनीको खुद नाफा बढ्न सहयोग पुगेको हो। यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको छ भने अन्य श्रोतबाट ६१ हजार रुपैयाँ आम्दानी गरेको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा विद्युत बिक्रीबाट ४ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको कम्पनीले यस अवधिमा विद्युत बिक्रीबाट हुने आम्दानी ७.३४ प्रतिशतले बढाएको हो।

चुक्ता पूँजी ४७ करोड ३५ लाख रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ ८६ पैसा, प्रतिशेयर नेटवर्थ २०४ रुपैयाँ ६० पैसा र मूल्य आम्दानी अनुपात १४.०९ गुणा छ।

कम्पनीले घोर्मु गाविस ३ लमजुङमा राधी खोलाको पानी उपयोग गरी ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना निमार्ण गरेको छ। साथै कम्पनीेले दोलखामा निमार्ण हुन लागेको ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजनामा समेत लगानी गरेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।