शिवम् सिमेन्ट्सको व्यवसायमा मन्दी छाएपछि मुनाफा झण्डै आधा कम

Nov 15, 2019 09:41 AM Merolagani

सरकारी नीतिले देशमा व्यापार व्यवसायको वातावरण अनुकुल बन्न नसक्दा बिहीबारमात्रै गुणस्तर र नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्रदान गरिने ‘एन एस क्वालिटी अवार्ड २०१९’ बाट सम्मानित शिवम् सिमेन्टस (SHIVM) को खुद मुनाफा चालु आवको प्रथम त्रैमासमा झण्डै आधाले घटेको छ। 

गत आवको प्रथम त्रैमासमा २ अर्ब ७२ करोड बढीको सिमेन्ट बिक्री गरेर ३७ करोड १४ लाख मुनाफा आर्जन गरेको यस सिमेन्टले चालु आवको प्रथम त्रैमास अवधिमा बिक्री घटेर दुई अर्बमा झरेको छ भने मुनाफा समेत १९ करोड ८६ लाखमा खुम्चिएको हो।

यो मुनाफा आर्जन हुनुमा पनि कम्पनीको वित्तीय खर्च, बिक्री खर्च, ह्रासकट्टी र प्रशासनिक खर्चमा देखिएको मितव्ययीताले मात्र सम्भव भएको देखिन्छ। यी शिर्षकमा खर्च बढेको भए कम्पनीके मुनाफामा अझ गिरावटको सम्भावना देखिएको छ । सिमेन्ट उद्योगहरुबीचमा आगामी दिनमा हुने मूल्य र गुणस्तर प्रतिस्पर्धाले कम्पनीको अवस्थामा फरक पार्नसक्ने सम्भावना छ ।

ठू-ठूला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपुर्ण भुमिका निभाउँदै सर्वोत्कृष्ट वस्तु उत्पादन गर्ने, सम्पूर्ण उत्पादन प्रक्रिया र उत्पादित वस्तुको स्वतन्त्र परिक्षणबाट उच्च गुणस्तरको वस्तु उत्पादन र बिक्री वितरण गरेवापत गुणस्तरिय उत्पादन गर्ने अवार्ड पाएको उद्योगको यो अवस्थाले देशमा उद्योगी व्यवसाय गरेर मुनाफा आर्जन गर्ने वातावरणमा असर पर्न थालेको देखिन्छ। यसलाई अर्थव्यवस्थाको मन्दीलाई प्रमुख कारण मान्न सकिन्छ।

स्थायी सरकार भएपछि उद्योग धन्दा फस्टाएर थप लगानीमैत्री वातावरण आउने अपैक्षा उद्योगीहरुको भएपनि त्यविपरित अर्थमन्त्री खतिवडाले करको दायरामा गरेको वृद्धि तथा मालवाहक सवारीसाधनलाई विद्युतीय माध्यमबाट ट्र्याकिङ गर्ने गरी ल्याएको भेइकल एण्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भिसीटिएस) को असर पनि मुनाफामा असर परेको देखिन्छ।

चार अर्ब ४० करोड चुक्ता पूँजी रहेको शिवमको शेयरधनी कोषमा तीन अर्ब ४३ करोड र बोनस मात्रै वितरण गर्नुपर्ने रकम ९४ करोड रुपैयाँ रहेको छ। कम्पनीले २०७५ फागुनमा सर्वसाधारण र स्थानीय गरि कूल ५२ लाख कित्ता शेयर प्रिमियम मूल्यमा जारी गरेको थियो।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३८ रुपैयाँ १८ पैसाबाट घटेर १८ रुपैयाँ ६ पैसामा झरेको छ । यस्तै कम्पनीले प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ ४४ पैसा र मूल्य आम्दानी अनुपात २७.१९ गुणा रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।