बिक्री घट्दा पनि कसरी बढ्यो बोटलर्सको नाफा ?

Nov 15, 2019 11:20 AM Merolagani

विश्व चर्चित पेय पदार्थ कोकाकोलको नेपालस्थित उत्पादकहरु बोटलर्स नेपाल (बालाजु)  र  (तराई), दुबैको खुद नाफामा सामान्य सुधार भएको छ। यी दुबै कम्पनीहरुको बिक्री घटेपनि नाफामा भने सुधार भएको छ। बिक्री खर्च न्यूनिकरण गर्दै अन्य सञ्चालन आम्दानी बढाउन सफल भएका कारण कम्पनीहरुको नाफामा सामान्य सुधार देखिएको हो।

चालु आर्थिक वर्षको प्रथम त्रैमास अवधिको तीन महिनामा नेपालीहरुले बोटलर्स नेपालका उत्पादनहरुमा ५ अर्ब १६ करोड ८१ लाख रुपैयाँ उपभोग गरेका छन्। यसअनुसार प्रतिवर्ष २० अर्बभन्दा धेरेको कोक लगायतका कोकाकोलको नेपालस्थित उत्पादनहरु खपत हुने गरेको देखिन्छ। 

  • बोटलर्स नेपाल (तराई)  

बोटलर्स नेपाल (तराई) (BNT)  ले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा ३० करोड २ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २ करोड ५४ लाख २७ हजार रुपैयाँ बढी हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ९ करोड ३७ लाख ३९ हजारले घटेको छ। गत आवको असोज मसान्तसम्ममा बिक्रीबाट २ अर्ब १५ करोड ३२ लाख आम्दानी गरेको यस कम्पनीले चालु आवको सोही अवधिमा २ अर्ब ५ करोड ९५ लाख आर्जन गरेको छ।

कम्पनीले समीक्षा अवधिमा बिक्री लागत ११ करोड ९८ लाख रुपैयाँ घटाउन सफल भएको छ। साथै, कम्पनीको बिक्री–वितरणमा लाग्ने खर्च पनि ४ करोड ६ लाख घटेको छ। समीक्षा अवधिमा कम्पनीको अन्य सञ्चालन आम्दानी २ करोड १२ लाख बढेर ३ करोड ८१ लाख पुगेको छ।

१२ करोड चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २ अर्ब ५२ करोड ९७ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको जगेडा कोष गत आवको असोज मसान्तको तुलनामा ४३ करोड ५७ लाख बढी हो।

समीक्षा अवधिमा कम्पनीको त्रैमासिक प्रतिशेयर आम्दानी २१ रुपैयाँ बढेर २४८ कायम भएको छ भने वार्षिक प्रतिशेयर आम्दानी ८४ रुपैयाँ बढेर ९९३ कायम भएको छ। त्यसैगरी, कम्पनीको त्रैमासिक प्रतिशेयर नेटवर्थ ३६० रुपैयाँ बढेर २ हजार १९१ रुपैयाँ पुगेको छ। कम्पनीको त्रैमासिक मूल्य आम्दानी अनुपात २६ गुणा कायम भएको छ।

  • बोटलर्स नेपाल (बालाजु) 

यता बोटलर्स नेपाल (बालाजु) (BNL) ले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ३३ करोड ९४ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ करोड ५१ लाख ६० हजार रुपैयाँ बढी हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानीमा ४ करोड ३३ लाख १४ हजार गिरावट भएको छ। गत आवको असोज मसान्तसम्ममा ३ अर्ब १५ करोड १९ लाख रहेको बिक्री आम्दानी चालु आवको सोही अवधिमा घटेर ३ अर्ब १० करोड ८६ लाखमा सीमित भएको छ।

समीक्षा अवधिमा कम्पनीको बिक्री लागत १० करोड ११ लाख रुपैयाँ घटेको छ भने बिक्री–वितरणमा लाग्ने खर्च ५ करोड ८९ लाख घटेको छ। समीक्षा अवधिमा कम्पनीको अन्य सञ्चालन आम्दानी १ करोड १४ लाख बढेर २ करोड ६० लाख पुगेको छ।

१९ करोड ४८ लाख ८९ हजार चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब १६ करोड ४ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको जगेडा कोष गत आवको असोज मसान्तको तुलनामा ६७ करोड ८२ लाख बढी हो।

समीक्षा अवधिमा कम्पनीको त्रैमासिक प्रतिशेयर आम्दानी २२ रुपैयाँ बढेर १६० कायम भएको छ भने वार्षिक प्रतिशेयर आम्दानी ८८ रुपैयाँ बढेर ६४० कायम भएको छ। त्यसैगरी, कम्पनीको त्रैमासिक प्रतिशेयर नेटवर्थ ३५१ रुपैयाँ बढेर २ हजार ३०० रुपैयाँ पुगेको छ। कम्पनीको त्रैमासिक मूल्य आम्दानी अनुपात ११ गुणा कायम भएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।