जनउत्थान सामुदायिक लघुवित्तको नाफा ११२ प्रतिशतले बढ्यो

Nov 15, 2019 11:38 AM Merolagani



जनउत्थान सामुदायिक लघुवित्त (JSLBB) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ११२.४९ प्रतिशतले बढाएर वित्तीय विवरण सार्वजानिक गरेको छ। 

 गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४७ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिमा १ करोड ५१ हजार रुपैयाँ खुद नाफा कमाएको हो। 

लघुवित्तले खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि बृद्धि गर्दै लगेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड २४ लाख रुपैयाँ खुद व्यााज आम्दानी गरेको लघुवित्तले यस वर्ष ६ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको हो।

समीक्षा अवधिमा लघुवित्तले ४४ करोड ४१ लख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। लघुवित्तको खराब कर्जा १.७४ प्रतिशतबाट बढेर २.८७ प्रतिशत पुगेको छ।

चुक्ता पूँजी ५ करोड ७६ लाख रुपैयाँ रहेको लघुवित्तले जगेडा कोषमा ८ करोड ९३ लाख रुपैयाँ राखेको छ।

प्रतिशेयर आम्दानी ९३ रुपैयाँ ५७ पैसा रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ ३०७ रुपैयाँ ९५ पैसा र मूल्य आम्दानी अनुपात १०.६१ गुणा छ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।