जनउत्थान सामुदायिक लघुवित्तको नाफा ११२ प्रतिशतले बढ्यो

Nov 15, 2019 11:38 AM Merolagani



जनउत्थान सामुदायिक लघुवित्त (JSLBB) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ११२.४९ प्रतिशतले बढाएर वित्तीय विवरण सार्वजानिक गरेको छ। 

 गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४७ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिमा १ करोड ५१ हजार रुपैयाँ खुद नाफा कमाएको हो। 

लघुवित्तले खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि बृद्धि गर्दै लगेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड २४ लाख रुपैयाँ खुद व्यााज आम्दानी गरेको लघुवित्तले यस वर्ष ६ करोड ३६ लाख रुपैयाँ आम्दानी गरेको हो।

समीक्षा अवधिमा लघुवित्तले ४४ करोड ४१ लख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। लघुवित्तको खराब कर्जा १.७४ प्रतिशतबाट बढेर २.८७ प्रतिशत पुगेको छ।

चुक्ता पूँजी ५ करोड ७६ लाख रुपैयाँ रहेको लघुवित्तले जगेडा कोषमा ८ करोड ९३ लाख रुपैयाँ राखेको छ।

प्रतिशेयर आम्दानी ९३ रुपैयाँ ५७ पैसा रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ ३०७ रुपैयाँ ९५ पैसा र मूल्य आम्दानी अनुपात १०.६१ गुणा छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।