रैराङ हाइड्रोपावरको नाफामा आकर्षक बढोत्तरी

Nov 17, 2019 11:19 AM Merolagani



रैराङ हाइड्रोपावर (RRHP) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७९ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको छ। कम्पनीको यो नाफा गत आवको यसै अवधिको तुलनामा ६७ लाख ७८ हजार रुपैयाँ अर्थात् ५६९.१८ प्रतिशत धेरै हो।

गत आवको पहिलो त्रैमासमा कम्पनीले ११ लाख ९० हजार रुपैयाँ नाफा कमाएको थियो ।

इवा खोलाबाट उत्पादित विद्युत विक्रीबाट थप आकर्षक आम्दानी गरेसँगै कम्पनीको नाफामा उच्च बढात्तरी देखिएको हो। कम्पनीले इवाखोलाको विद्युत विक्री मार्फत् एक करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ।

यसैगरी कम्पनीले रैराङ खोलाको विद्युत विक्रीबाट १५ लाख ४७ हजार रुपैयाँ आम्दानी गरेको छ। यो आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ लाख २९ हजार रुपैयाँले धेरै हो। गत आवमा कम्पनीले ३ लाख १८ हजार रुपैयाँ मात्र आम्दानी गरेको थियो। 

चुक्ता पूँजी ५६ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ८१ लाख रुपैयाँ रहेको छ। गत आवमा कम्पनीको जगेडा कोष एक करोड ६ लाख रुपैयाँ ऋणात्मक रहेको थियो।

नाफामा उत्कृष्ट बढोत्तरी गर्दै चुक्ता पूँजी स्थिर राखेको कम्पनीको प्रतिशेयर आम्दानीमा सुधार देखिएको छ। गत आवमा ८५ पैसा मात्र रहेको वार्षिक प्रतिशेयर आम्दानी ५ रुपैयाँ ६९ पैसा कायम भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ४५ पैसा छ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।