अपि पावरको नाफामा विद्युत बिक्री बढेसँगै सुधार

Nov 17, 2019 12:32 PM Merolagani



अपि पावर कम्पनी (API) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको यो नाफा गत आवको यसै अवधिको तुलनामा १८.३० प्रतिशत बढी हो।

गत आवको पहिलो त्रैमासमा कम्पनीले ३ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। विद्युत बिक्री मार्फतको आम्दानी बढेसँगै कम्पनीको नाफामा बढोत्तरी देखिएको हो ।

यस अवधिमा कम्पनीले विद्युत बिक्री मार्फत् ६ करोड ३८ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ६.४८ प्रतिशत धेरै हो । गत आवमा कम्पनीले विद्युत बिक्री मार्फत् ५ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको थियो । 

चुक्ता पूँजी ५ प्रतिशतले बढाएर एक अर्ब १९ करोड रुपैयाँ पुर्याएको कम्पनीले जगेडा कोषमा २७.५५ प्रतिशतले सुधार गर्दै ११ करोड ६८ लाख रुपैयाँ सञ्चित गरेको छ ।

प्रतिशेयर आम्दानी १२ रुपैयाँ ०८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ८२ पैसा छ ।




सुन र चाँदीको मूल्यमा गिरावट

Feb 16, 2026 11:04 AM

फागुन ४ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा १२५ रुपैयाँले घटेको हो ।