विद्युत बिक्रीको आम्दानी बढेपछि छ्याङदी हाइड्रोपावरको नाफामा सुधार

Nov 17, 2019 05:49 PM Merolagani



छ्याङदी हाइड्रोपावर (CHL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको नाफा गत आवको यसै अवधिको तुलनामा १४ लाख १९ हजार अर्थात् १५.७७ प्रतिशतले बढेको हो।

गत आवमा कम्पनीले ८९ लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

विद्युत बिक्री मार्फतको आम्दानी बढ्नुका साथै समग्र खर्च व्यवस्थापन गर्दा कम्पनीको नाफामा सुधार देखिएको हो । यसैगरी कम्पनीले सञ्चालन नाफामा ११.२९ प्रतिशतले सुधार गरेको छ।

यस अवधिमा कम्पनीले विद्युत बिक्री मार्फत २ करोड १८ लाख रुपैयाँ आम्दानी गरेको छ।

यो गत वर्षको सोही अवधिको तुलनामा ७.२५ प्रतिशतले बढी हो। गत आवमा कम्पनीले विद्युत बिक्री मार्फत् २ करोड ३ लाख रुपैयाँ आम्दानी गरेको थियो। 

चुक्ता पूँजी २७ करोड रुपैयाँमा स्थिर रहेको कम्पनीले जगेडा कोषमा ५६.९२ प्रतिशतले सुधार गर्दै २ करोड ५० लाख रुपैयाँ सञ्चित गरेको छ।

प्रतिशेयर आम्दानी ३ रुपैयाँ ८६ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ २९ पैसा र मूल्य आम्दानी अनुपात २०.७४ गुणा छ।




तिहार बिदापछिकाे पहिलाे काराेबार दिन कतिमा हुँदैछ सुन र चाँदीकाे काराेबार?

Oct 26, 2025 11:01 AM

कार्तिक ९ गते, आईतबार, तिहार पछिको पहिलो दिन नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि गिरावट भएको छ । यस दिन सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा २६५ रुपैयाँले घटेको छ ।