युनाइटेड इन्स्योरेन्सको ५ लाख कित्ता शेयर लिलामीमा आउने

Nov 19, 2019 11:24 AM merolagani



युनाइटेड इन्स्योरेन्स (UIC) ले हकप्रदमा बिक्री नभएका झण्डै ५ लाख कित्ता शेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ। कम्पनीले मंसिर १० गतेदेखि ४ लाख ९९ हजार १९२ कित्ता शेयर लिलामीमा ल्याउन लागेको हो।

इन्स्योरेन्सले बिक्रीमा ल्याएको ७२ लाख ५७ हजार कित्ता हकप्रद शेयरमा १ लाख ५७ हजार ६४९ कित्ता संस्थापक र ३ लाख ४१ हजार ५४३ कित्ता साधारण शेयरगरी कूल ४ लाख ९९ हजार १९२ कित्ता शेयर बिक्री नभएपछि उक्त शेयर लिलामीमा आउने भएको हो।

इन्स्योरेन्सले पूँजी वृद्धि गर्न गत भदौ ३ देखि असोज २३ गतेसम्म चुक्ता पूँजीको २४० प्रतिशत अर्थात १० बराबर २४ कित्ता शेयरको अनुपातामा ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद बिक्रीमा ल्याएको थियो।

बिक्रीमा ल्याइएको उक्त शेयरमा ६७ लाख ५७ हजार ५१६ कित्ता शेयर मात्र बिक्री भएपछि बाँकी शेयर लिलामीमा आउने भएको हो। लिलामी शेयरमा लगानकिर्ताले मंसिर १७ गतेसम्म बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।

इन्स्योरेन्सको लिलामी शेयरमा लगानीकर्ताले एनएमबि क्यापिटल, तथा एनएमबि बैंकको तोकिएका १३ शाखा कार्यलय मार्फत आवेदन दिन सक्नेछन्।

संस्थापक तर्फको लिलामी शेयरमा कम्पनीका विद्यमान संस्थापकहरुले मात्र आवेदन गर्न पाउनेछन् भने सर्वसाधारणतर्फको लिलामी शेयरमा सर्वसाधारण लगानकिर्ता, फर्म तथा संस्थाहरुले समेत आवेदन गर्न पाउने व्यवस्था रहेको छ।

इच्छुक लगानकिर्ताले कम्तिमा १ सय रुपैयाँ वा सो भन्दा बढी प्रतिस्पर्धि मूल्य अंकित गरी आवेदन पेश गर्न सक्नेछन्। अधिकतम मूल्य अंकित गरी आवेदन गर्ने लगानकिर्तालाई प्राथामिकतामा राखि क्रमैसँग लिलामी शेयर बाँडफाँड गरिने छ।

लगानीकर्ताले बैंकको लिलामी शेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ता शेयर खरीदको लागि आवेदन दिन पाउनेछन्। लगानकिर्ताले सो सीमाभित्र रहेर आफुले लिन चाहेको शेयर कित्ता उल्लेख गरी बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।

हाल ३० करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको युनाइटेड इन्स्योरेन्सको हकप्रद शेयर बिक्री पश्चात पूँजी एक अर्ब २ करोड ८१ लाख रुपैयाँ पुग्नेछ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।