साल्ट ट्रेडिङ कर्पोरेशनको कार्यालय प्रमुख सहित ३ जना उपर मुद्धा दायर

Nov 20, 2019 05:29 PM Merolagani



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको विराटनगरका तत्कालीन कार्यालय प्रमुख नविनचन्द्र झा सहित तीन जना माथि विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ। 

आयोगले कार्यालयको गोदाममा राखेको १९ लाख ७ हजार ३५० रुपैयाँ बराबरको रासायनिक मल भण्डारण शाखाका इन्चार्ज दिलचन्द्र राई, असिस्टेण्ट खगेन्द्र बस्नेत र कर्पोरेसनका उच्च तहका हाकिम समेतको मिलेमतोमा हिनामिना गरेको अरोपमा उनिहरुबिरुद्ध मुद्धा दायर गरेको हो।

रासायनिक मल हिनामिना भएको सम्बन्धमा कर्पोरेशनको केन्द्रीय कार्यालयबाट छानबिन भइरहेको र केन्द्रीय कार्यालयले भण्डार प्रमुख दिलचन्द्र राईलाई निलम्बन गरेको छ।

आयोगले विराटनगरका अंचल कार्यालयका तत्कालीन कार्यालय प्रमुख नविनचन्द्र झाले कार्यालय प्रमुख जस्तो जिम्मेवार पदमा कार्यरत रहँदा कार्यालयका गोदामहरुमा भएको रासायनिक मल अनियमित तरिकाले गोदामबाट विक्री वितरण गरिंदा समेत जिम्मेवारी वहन नगरेकोले उनि विरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार आरोपत्र दायर गरेको हो।

यस्तै तत्कालीन प्रमुख सहायक दिलचन्द्र राईले आफ्नो जिम्मामा रहेका रासायनिक मलहरु जिन्सी कितावमा आम्दानी देखाई अनियमित तरिकाले विक्री वितरण गरेको र तत्कालीन जुनियर सहायक खगेन्द्र वस्नेतले समेतले पदीय दायित्व पूरा नगरी नेपाल सरकार वा सार्वजनिक संस्थालाई गैरकानूनी हानि पुर्याउने वदनियतले कसुर गरेको पुष्टि भएकोले उनिहरु विरुद्ध पनि भ्रष्टाचार निवारण ऐन अनुसार आरोपत्र दायर गरेको हो।

आयोगले हानि नोक्सानी भएको विगो १९ लाख सात हजार ३५० रुपैयाँ असुल उपर गर्न माग गरी मुद्धा दायर गरेको हो।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।