ग्लोबल आइएमई बैंकले थप्यो ३ नयाँ शाखा कार्यालय

Nov 28, 2019 12:08 PM Merolagani



ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले मंसिर ११ गतेदेखि ३ नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।

बैंकले दिपायल सिलगढी नगरपालिका वडा नं. ४, पिपल्लाबजार, डोटी, भिमेश्वर नगरपालिका वडा नं. २, चरिकोट, दोलखा र सिद्धार्थ नगरनगरपालिका वडा नं. १, भैरहवा, रुपन्देहीस्थित विशेष औद्योगिक क्षेत्र परिसरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

३ नयाँ शाखा थपिएसँगै बैंकको शाखा कार्यालयको संख्या १५३ पुगेको छ। ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यसहित विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरुमाझ बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

बैंकले १५३ वटा शाखा, ३१ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटिएम तथा १९५ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना ११ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।