बीमा विस्तारमा उल्लेख्य सुधार, एक वर्षमा पाँच प्रतिशतले बढ्यो

Nov 28, 2019 02:28 PM Merolagani



चालू आर्थिक वर्षको कार्तिकसम्ममा जीवन वीमा क्षेत्रको विस्तारमा उल्लेख्य सुधार भएको छ । गत वर्षको यही अवधिमा १७ प्रतिशत रहेको बीमाको पहुँच चालू आर्थिक वर्षको कार्तिक सम्ममा ५ प्रतिशतले बृद्धि भएर २२ प्रतिशतमा पुगेको छ ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार चालू आर्थिक वर्षको कार्तिकसम्ममा जारी गरिएका बीमालेखको संख्या २५.२६ प्रतिशतले बृद्धि भएकाे छ ।

चालू आर्थिक वर्षको कार्तिक सम्ममा जीवन बीमा कम्पनीहरुले ७६ लाख ९३ हजार ४१७ बीमालेख (म्यादी जीवन बीमालेख बाहेक) जारी गरेको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा २५.२६ प्रतिशतले बढी हो । गत वर्षको यही अवधिमा जीवन बीमा कम्पनीहरुले ५४ लाख २३ हजार ५४९ वटा बीमालेख जारी गरेका थिए ।

म्यादी बीमा सहित बीमाको दायरा २६ प्रतिशत पुगेको बीमा समितिको तथ्यांक छ । चालू आर्थिक वर्षको कार्तिक सम्ममा म्यादी बीमालेखको संख्या भने घटेको छ । म्यादी बीमा १०.८५ प्रतिशतले घटेर कार्तिक सम्ममा १४ लााख ३० हजार २८१ बीमालेख जारी भएको छ । गत वर्षको कार्तिकसम्ममा यो संख्या १६ लाख ४ हजार ४४३ रहेको थियो ।

कुल बीमालेखको संख्याका आधारमा भने एक वर्षको अवधिमा जारी बीमालेखको अनुपात १७.०१ प्रतिशतले बढेको छ । कार्तिक सम्ममा जीवन बीमा तर्फ कुल ८२ लाख २३ हजार ६९८ बीमालेख जारी गरी ३० अर्ब ३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन भएको छ । यस्तै निर्जीवन तर्फ ८ अर्ब ७२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको बीमा समितिको तथ्यांक छ ।

चालू आर्थिक वर्षको कार्तिकसम्ममा बीमा कम्पनीका कार्यालयहरु ३५.६४ प्रतिशतले बढेर २ हजार ७५९ पुगेको छ भने कर्मचारीको संख्य २५.७४ प्रतिशतले बढेर १० हजार ६४ जना पुगेको छ ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।