राष्ट्र बैंकले ट्रेजरी बिलबाट आज ३ अर्ब आन्तरिक ऋण उठाउँदै

Dec 02, 2019 12:04 PM Merolagani



नेपाल राष्ट्र बैंकले मंसिर १६ गते सोमबार (आज) ३ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ। राष्ट्र बैंकले सरकारलाई आवश्यक रकम जुटाउन ९१ दिन अवधिको उक्त ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो।

  नेपाल राष्ट्र बैंकले यसअघि जारी गरेको  ट्रेजरी बिल नवीकरण गर्न लागेको हो। बैंकले बिक्री गर्न लागेको उक्त ट्रेजरी बिल आगामी फागुन २० गते परिपक्व हुनेछ।  

बोलकबोल मार्फत बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमा सोमबार मध्याह्न ३ बजेसम्म अनलाईन बिडिङ्ग प्रणाली मार्फत बोलकबोल गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ। मंसिर १७ गते मंगलबार जारी हुने ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन्।

बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ।

 

 

राष्ट्र बैंकले यसअघि मंसिर ९ गते पनि ४ अर्ब ८१ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो। जसमा ९१ दिन अवधिको २ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिलमा १.०९९८ औषत डिस्काउन्ट दर कायम भएको थियो भने १८२ दिन अवधिको २ अर्ब ४७ करोडको ट्रेजरी बिलमा ३.०००१ र ३६४ दिन अवधिको ११ करोडको ट्रजरी बिलमा ३.०९९१ औषत डिस्काउन्टदर कायम भएको थियो।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।