बीमा व्यवसायका लागि महत्वपूर्ण एक्चुरीयल अध्ययनमा आकर्षण बढ्दैः प्राध्यापक डा.बज्राचार्य

Dec 02, 2019 01:21 PM Merolagani



पछिल्लो समय गणित विज्ञान (एक्चुरीयल) अध्ययन गर्न खोज्नेहरुको आकर्षण बढ्दै गएको पाइएको छ। त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान, गणित विज्ञान स्कुलकका प्राध्यापक प्रकाशमणि बज्राचार्यले काठमाडौंमा आयोजित एक कार्यशालामा एक्चुरियल अध्ययन गर्न खोज्नेहरुको संख्या बढ्दै जानकारी दिए।

गणित विज्ञान स्कुल सञ्चालनमा आएको तीन वर्षको अवधिमा विद्यार्थीहरुको आकर्षण बढेको बताउँदै उनले भने, ‘पहिलो वर्षकाे ४५ जनाले आवेदन दिएकोमा ३० जना भर्ना भएका थिए। यस्तै दोस्रो वर्ष ४८ जनामा ३१ जना, तेस्रो वर्षमा करिब ७० जनामा ३६ जना विद्यर्थी छनौट गरेका थियौं। यो नै सबैभन्दा धेरै विद्यार्थी हो। अहिले चौथौं वर्षमा पनि २०० जनाले आवेदन दिएकोमा हामीले ३६ जना मात्रै छनौट गरेको छौं।’

 

एक्चुरीयल अध्ययनको लागि आवेदन दिनको संख्या बढ्दै गएसँगै त्यस विषयको चर्चा समेत बढ्दै गएको उनको बुझाई छ। आइओईको छात्रावृत्ति समेत छाडेर एक्चुरीयल अध्ययन गर्न आउने गरेको उनले जानकारी गराए।

जीवन बीमा कम्पनी बाहेक अन्य बैंक तथा वित्तीय क्षेत्रमा समेत एक्चुअरिको आवश्यक पर्ने भएकोले एक्चुअरी अध्ययन गर्नेहरुको लागि रोजगारको समेत समस्या नहुने उनको भनाई छ।

विश्वमा नै कम जनशक्ति रहेको एक्चुअरी उत्पादन गर्ने शैक्षिक संस्था (विश्वविद्यायल) नहुँदा नेपाली एक्चुअरी शुन्य रहेको छ। नेपाली एक्चुअरी नहुँदा विदेशी जनशक्ति ल्याउनुपर्दा बीमा कम्पनीहरुको ठूलो रकम समेत बाहिरिने गरेको छ।

बीमा व्यवसायका महत्वपूर्ण कार्यहरु बीमालेख तयार पार्न, बीमाशुल्क निर्धारण गर्न, बीमा दाबी पर्न सक्ने संख्याको पूर्वानुमान, कम्पनीको सम्पत्ति तथा दायित्वको अवस्थाको मूल्याङ्कन, बीमितलाई प्रदान गर्नुपर्ने बोनस दर निर्धारण गर्न एक्चुअरी आवश्यक पर्दछ।

एक्चुअरीको जनशक्ति उत्पादन गर्न नसक्दा उच्च पारिश्रमिक पाउने यो पेशाको लागि विदेशीहरुले काम गर्दै आइरहेका छन्।

गणित विज्ञान स्कुलले आयोजना गरेकाे २ दिने कार्यशाला गोष्ठीमा बीमा कम्पनीहरुका प्रतिनिधिहरु सहभागी छन्।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।