तीन कम्पनीको १ करोड २१ लाख कित्ता शेयर सूचीकृत

Dec 03, 2019 02:34 PM Merolagani



शेयर बजारमा मंसिर १७ गते मंगलबार ३ वटा कम्पनीको बोनस र हकप्रद गरी १ करोड २१ लाख ७९ हजार ३२१ कित्ता शेयर दोस्रो बजारमा कारोबारको लागि सूचीकृत भएको छ।

यसदिन नागरिक लगानी कोष र माछापुच्छ्रे बैंकको बोनस शेयर सूचीकृत भएको छ भने मुक्तिनाथ विकास बैंकको हकप्रद शेयर सूचीकृत भएको छ।

नागरिक लगानी कोष (CIT) ले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गरेको २४ लाख २५ हजार १७४ कित्ता बोनस शेयर सूचीकृत भएको छ भने माछापुच्छ्रे बैंकको ४० लाख २७ हजार ८४७ कित्ता बोनस सूचीकृत भएको छ।

नागरिक लगानी कोषको भदौ ३० गते सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट चुक्ता पूँजीको २२ प्रतिशत बोनस शेयर पारित भएको थियो । उक्त बोनस  भदौ १८ गतेसम्म कायम रहेका शेयरधनी मात्र पाउनेछन्।

यसैगरि माछापुच्छ्रे बैंक (MBL) को असोज २४ गते होटल पोखरा ग्राण्ड पार्दी, कास्कीमा सम्पन्न  साधारण सभाबाट चुक्ता पूँजी ८ अर्ब ५ करोड ५६ लाख ९३ हजार रुपैयाँको ५ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश पारित भएको थियो। उक्त बोनस असोज ९ गतेसम्म कायम रहेका शेयरधनी मात्र पाउनेछन्।

त्यसैगरी, मुक्तिनाथ विकास बैंक (MNBBL) ले बिक्री गरेको ५७ लाख २६ हजार ३०० कित्ता हकप्रद शेयर सूचीकृत भएको छ। मुक्तिनाथले साउन ३० गतेसम्म कायम शेयरधनीका लागि भदौ १२ गतेदेखि असोज १५ गतेसम्म चुक्ता पूँजीको २० प्रतिशत बराबरको ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद निष्काशन गरि मंसिर १ गते बाँडफाँड गरेको थियो। बैंकले हकप्रदमा अवितरित ४ लाख ३ हजार २२० कित्ता शेयर भने सूचीकृत गर्न बाँकी छ। 

नेप्सेमा सूचीकृत भएका उक्त शेयर आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले दोस्रो बजारबाट खरीद तथा बिक्री गर्न सक्नेछन्।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।