अजोडले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा

Dec 04, 2019 08:05 AM Merolagani



अजोड इन्स्योरेन्सले आईपी (AJOD) ओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न पुस ११ गते दोस्रो साधारण सभा आयोजना गर्ने भएको छ। इन्स्योरेन्सको साधारण सभा लैनचौर व्याङ्क्वेट, काठमाण्डौमा दिउसो ४ बजे सुरु हुनेछ।

मंसिर १७ गते मंगलबार सम्पन्न इन्स्योरेन्सको ६६ औँ बैठकले सो दिन साधारण सभा गर्ने निर्णय गरेको हो। सभामा कम्पनीको प्रबन्धपत्रको दफा ८ र नियमावलीको नियम २६ मा संशोधन गर्ने तथा अन्य संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

गत असार ३० गते सम्पन्न इन्स्योरेन्सको पहिलो साधारण सभाले आईपीओ निष्कासन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेको थियो।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ९५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो। सो अवधिमा इन्स्योरेन्सले खुद नाफा १९ लाख २५ हजार रुपैयाँले बढाएर ७७ लाख ९७ हजार रुपैयाँ पुर्याएको थियो।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।