नेकोको लिलामीमा रहेको संस्थापक शेयर खरिद गर्ने आज अन्तिम दिन

Dec 04, 2019 10:54 AM Merolagani



नेको इन्स्योरेन्स लिमिटेडले मंसिर २ गतेदेखि शिलबन्दी बोलपत्र मार्फत खरिद आह्वान गरेको संस्थापक शेयरमा आवेदन दिने आज (मंसिर १८ गते, बुधबार) अन्तिम दिन हो। 

इन्स्योरेन्सले न्यूनतम २८५ रुपैयाँमा ४ लाख १४ हजार ६२ दशमलव १२ कित्ता संस्थापक शेयर खरिद गर्न आह्वान गरेको थियो।

सो शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले न्यूनतम मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन्।

इन्स्योरेन्सको शेयर बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। सो शेयर खरिदका लागि न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ।

दोस्रो बजारमा पछिल्लो समय ९१० रुपैयाँमा कारोबार भएको थियो।




मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर गर्ने

Sep 07, 2026 10:02 AM

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर (प्राप्ती) गर्ने भएको छ। भदौ १९ गते बसेको यी बैंकहरुको सञ्चालक समितिको बैठकले सो प्राप्तीको निर्णय गरेको हो।