सनराइज बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

Dec 05, 2019 07:57 AM Merolagani

सनराइज बैंक (SRBL) ले कार्तिक २० गते बुधबारदेखि बिक्रीमा ल्याएको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख युनिट “१०.२५% सनराइज डिबेन्चर २०८३” मा आवेदन दिने आज (मंसिर १९ गते, बिहीबार) अन्तिम दिन हो।

बैंकले निष्काशनमा ल्याएको एक हजार रुपैयाँ अंकित दरका ३० लाख युनिटमध्ये एक अर्ब २० करोड रुपैयाँको १२ युनिट ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्काशन गरिएको हो। बाँकी एक अर्ब ८० करोड रुपैयाँको १८ लाख युनिट ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट संस्थागतहरुलाई बिक्री गरेको हो।

ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट आश्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको अलवा मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन गर्न सकिन्छ।

ऋणपत्रमा सर्वसाधारणले न्यूनतम २५ युनिटका लागि २५ हजार रुपैयाँदेखि अधिकतम तीन लाख युनिटका लागि ३० करोड रुपैयाँसम्मको आवेदन गर्न सक्नेछन्। संस्थाहरुलाई बैंकले व्यक्तिगत तवरबाट बिक्री गरिने ऋणपत्रमा भने अधिकतम सीमा नलाग्ने बैंकले जनाएको छ।

सात वर्ष भुक्तानी अवधि भएको यस ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रूपमा भुक्तानी पाउनेछन्। ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ।

ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले न्युन कर्जा जोखिम ‘केयरएनपी ए–’ रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता भएको तथा कर्जा जोखिम न्यून रहेको संस्थाको रूपमा जनाउँछ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुलाई चुक्ता पूँजीको २५ प्रतिशतसम्म ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरे पश्चात पछिल्लो समय सबैजसो बैंकहरु ऋणपत्र निष्काशनमा जुटेका छन्। यद्यपी, शेयर जस्तो दोस्रो बजारमा सहजै खरीद बिक्री नहुँदा सर्वसाधारणबाट ऋणपत्रमा उत्साहजनक सहभागिता भने देखिँदैन।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।