सनराइज बैंकले ऋणपत्र बिक्री सुरु गर्यो, ऋणपत्रमा लगानी गर्दा के हुन्छ फाइदा ?

Nov 06, 2019 09:52 AM Merolagani

सनराइज बैंक (SRBL) ले कार्तिक २० गते बुधबारदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख युनिट “१०.२५% सनराइज डिबेन्चर २०८३” बिक्रीमा ल्याएको छ।

बैंकले निष्काशनमा ल्याएको एक हजार रुपैयाँ अंकित दरका ३० लाख युनिटमध्ये एक अर्ब २० करोड रुपैयाँको १२ युनिट ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्काशन गरिएकोहो भने बाँकी एक अर्ब ८० करोड रुपैयाँको १८ लाख युनिट ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट संस्थागतहरुलाई बिक्री गर्नेछ ।

ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट आश्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको अलवा मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन गर्न सकिन्छ।

ऋणपत्रमा सर्वसाधारणले न्यूनतम २५ युनिटका लागि २५ हजार रुपैयाँदेखि अधिकतम तीन लाख युनिटका लागि ३० करोड रुपैयाँसम्मको आवेदन गर्न सक्नेछन्। संस्थाहरुलाई बैंकले व्यक्तिगत तवरबाट बिक्री गरिने ऋणपत्रमा भने अधिकतम सीमा नलाग्ने बैंकले जनाएको छ।

सात वर्ष भुक्तानी अवधि भएको यस ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत व्याजदर अर्धवार्षिक रूपमा भुक्तानी पाउनेछन्। सिद्धार्थ क्यापिटल निष्काशन तथा बिक्री प्रबन्धक रहेको यस ऋणपत्रमा छिटोमा कार्तिक २४ गते तथा ढिलोमा मंसिर १९ गते सम्म आवेदन दिन सकिनेछ ।

ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले न्युन कर्जा जोखिम “केयरएनपी ए-” रेटिङ्ग प्रदान गरेको छ ।  यसले वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता भएको तथा कर्जा जोखिम न्यून रहेको संस्थाको रूपमा जनाउँछ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुलाई चुक्ता पूँजीको २५ प्रतिशतसम्म ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरे पश्चात पछिल्लो समय सबैजसो बैंकहरु ऋणपत्र निष्काशनमा जुटेका छन्। यद्यपी शेयर जस्तो दोस्रो बजारमा सहजै खरीद बिक्री नहुँदा सर्वसाधारणबाट ऋणपत्रमा उत्साहजनक सहभागिता भने देखिँदैन।

  • ऋणपत्रमा लगानी गर्दा के फाइदा?

बैंकको ऋणपत्रमा लगानी गर्दा लगानीकर्ताले कम जोखिममा सात वर्ष सम्म वार्षिक १०.२५ प्रतिशत ब्याज प्राप्त गर्न सक्छन्। जसले गर्दा बचत तथा मुद्धती खाताहरुमा भईंरहने ब्याजदर परिवर्तनले हुने जोखिम यसका लगानीकर्ताले उठाउनु पर्दैन।

ऋणपत्रमा लगानी गर्नेलाई शेयर बजारमा जस्तो शेयरको मूल्यमा घटबढ हुने डर रहँदैन। कम्पनीले साधारण शेयर र अग्राधिकार शेयरका लगानीकर्ताहरुलाई लाभांश वितरण गर्नुअघि ऋणपत्र धनीलाई ब्याज दिनुपर्छ। कम्पनीले नोक्सानमा गएको वर्ष शेयर लगानीकर्ताहरुलाई लाभांश नबाड्ने भए पनि ऋणपत्र धनीलाई अनिवार्य रुपमा ब्याज भुक्तान गर्नुपर्छ।

यस्तै लगानीकर्ताले खरिद गरेको उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्थाहरुमा धितो राखेर कर्जा लिन सकिने र ऋणपत्रको अवधि समाप्त नहुँदै दोस्रो बजारमा बिक्री गरि लगानी फिर्ता लिन सकिनेछ।

शेयर जस्तै डिबेन्चर धितोपत्र बजारमा पनि सूचीकृत हुने हुँदा सजिलै किनबेच गर्न सकिन्छ यद्यपी हालसम्म शेयर बजारजस्तो ऋणपत्रको खरीद बिक्री सहज रुपमा भने भएको पाँइदैन।

ऋणपत्रको निर्धारित अवधि समाप्त भएपछि एकमुष्ठ भुक्तानी पाईने भएकाले लगानीकर्ताहरुलाई दीर्घकालीन रुपमा फाइर्दा नै हुनेछ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।