हिमालयन क्यापिटलको वार्षिक साधारण सभा आह्वान

Dec 06, 2019 03:57 PM Merolagani



हिमालयन क्यापिटल लिमिटेड (HBL) ले पुस ११ गते कम्पनीको रजिष्टर्ड कार्यालय त्रिदेवी मार्ग ठमेलमा कम्पनीको दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ।

कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले पुस ११ गते बिहान १० बजे सभा डाकेको हो । 

सभाको प्रस्तावहरुमा प्रबन्धपत्र तथा नियमावलीको दफाहरुमा संसोधन, नियमनकारी निकायको निर्देशन अनुरुप कायम गर्ने सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र लेखापरिक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण लगायतका एजेण्डा रहेको छ ।

हिमालयन क्यापिटल हिमालयन बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी हो।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।