हिमालयन क्यापिटलको वार्षिक साधारण सभा आह्वान

Dec 06, 2019 03:57 PM Merolagani



हिमालयन क्यापिटल लिमिटेड (HBL) ले पुस ११ गते कम्पनीको रजिष्टर्ड कार्यालय त्रिदेवी मार्ग ठमेलमा कम्पनीको दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ।

कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले पुस ११ गते बिहान १० बजे सभा डाकेको हो । 

सभाको प्रस्तावहरुमा प्रबन्धपत्र तथा नियमावलीको दफाहरुमा संसोधन, नियमनकारी निकायको निर्देशन अनुरुप कायम गर्ने सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र लेखापरिक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण लगायतका एजेण्डा रहेको छ ।

हिमालयन क्यापिटल हिमालयन बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी हो।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।