लक्ष्मी लघुवित्तको २६ प्रतिशत लाभांश पारित

Dec 08, 2019 09:13 AM Merolagani



लक्ष्मी लघुवित्त (LLBS) को मंसिर २० गते शुक्रबार सम्पन्न आठौं वार्षिक साधारणसभाले १५ प्रतिशत बोनस शेयर र ११.३२ प्रतिशत नगद गरि कूल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ।

लघुवित्त सञ्चालक समितिले २०७६ आषाढ मसान्तमा २४ करोड २० लाख रुपैयाँ रहेको चुक्ता पूँजीबाट ३ करोड ६३ लाख रुपैयाँ बराबरको बोनस र कर प्रयोजन सहित २ करोड ७३ लाख ८४ हजार २११ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

गत आवको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी २७ करोड ८३ लाख रुपैयाँ पुगेको छ।

साधारण सभाले अन्य इजाजत पत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गरेको छ।

२०६९ जेष्ठ २२ गतेबाट नुवाकोटको वट्टारबाट लघुवित्त कारोवार सुरु गरेको लघुवित्तले ५२ जिल्लामा ६७ वटा शाखा कार्यालयहरु मार्फत ८३ हजार जनालाई सेवा दिँदै आएको छ।

त्यस्तै गरी संस्थाले ४ अर्ब भन्दा बढी कर्जा लगानी गरेको छ भने आफ्ना ग्राहक सदस्यहरुबाट एक अर्ब ४५ करोड रुपैयाँभन्दा बढी बचत संकलन पनि गरेको विज्ञप्तिमा उल्लेख छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।