लघुवित्त कम्पनीहरु स्थापनाको छोटो समयमा नै मर्जरमा जाँदै, मानुषीले पनि प्रकृया अगाडि बढाउने

Dec 08, 2019 01:19 PM Merolagani



पछिल्लो समय राष्ट्र बैंकबाट धमाधम इजाजत लिएका सबैजसो लघुवित्तहरु स्थापनाको एक वर्षभित्रै मर्जरमा जानुपर्ने निष्कर्षका पुग्दै प्रकृया अगाडि बढाइरहेका छन्।  मनुषी लघुवित्तले पहिलो वार्षिक साधारण सभामा नै मर्जर तथा एक्वीजिसनामा जाने प्रस्ताव लैजाने भएको छ। 

आईपीओ निष्काशनअघि नै साधना लघुवित्तले आर्थिक सम्बृद्धि लघुवित्तलाई प्राप्ती गरिसकेको छ। हालै स्थापना भएका तर आईपीओ जारी गर्न बाँकी मनकामना लघुवित्त वित्तीय संस्था र स्मार्ट लघुवित्त वित्तीय संस्थाले मर्जरमा जान राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति पाइसकेका छन्। हालै आईपीओ जारी गरेको आँधिखोला लघुवित्तको पनि  मर्जर या एक्वीजिशनबाट राष्ट्रियस्तरको बन्ने लक्ष्य रहेको छ।

आईपीओ जारी गरेको चौतारी र आरम्भ तथा जनसेवी पनि आईपीओ सूचीकरण अघि नै कालीका लघुवित्तसँग मर्जरको क्रममा रहेको छ। स्थापनाको छोटो समयमा नै नागरिक लघुवित्त पनि वोमी माइक्रोफाइनान्ससँग मर्जर गरेर यहि मंसिर ३० गतेदेखि एकीकृत कारोबार थाल्दैछ।त्रिलोक लघुवित्त पनि सूर्योदयसँग मर्जरको क्रममा रहेको छ।

गत असारमा नै धादिङ्गको धार्केमा स्थापना भएको स्वेडा लघुवित्तले पनि विजय नवलपरासीको गैडाकोटमा केन्द्रीय कार्यालय रहेको विजय लघुवित्तसँग प्राप्तिमा जाने सम्झौता गरेपनि स्वाप नमिल्दा मर्जर भाँडिएको छ। 

यी त केही प्रतिनिधि उदाहरण मात्रै हुन्। अन्य पुराना धेरै लघुवित्त कम्पनीहरुले पनि मर्जरलाई विशेष प्रस्तावको रुपमा पारित गरिसकेका छन् भने कतिपयले यसअघि नै मर्जर प्रस्ताव पारित गरि मर्जर कमीटी गठन गरि जोडतोडका साथ उपयुक्त पार्टनरको खोजीमा रहेका छन्।

केन्द्रीय बैंकले लघुवित्त कम्पनीहरुको संख्यात्मक वृद्धिलाई घटाउँदै गुणात्मक विकासका लागि लघुवित्तहरुमा पनि मर्जर नीति अबलम्बन गरेसँगै पछिल्लो समय अधिकांश लघुवित्त कम्पनीहरु मर्जरको तयारी गर्न थालेका छन्। 

भर्खरै स्थापना भएका र सर्वसाधारणमा शेयर जारी नगरेका अधिकांश लघुवित्तले समेत अहिले मर्जर तथा एक्वीजिसनको प्रस्ताव राखेर साधारण सभा बोलाउन थालेका छन् भने कति लघुवित्तले त सम्झौता समेत गरीसकेका छन्।

मानुषी लघुवित्त पनि यहि भीडमा सामेल हुने भएको छ । लघुवित्तले पुस १३ गते आइतबार लहरीखर्क रिसोर्ट साँगामा विहान ११ बजे बोलाएको पहिलो वार्षिक साधारण सभामा लघुवित्तले सञ्चालक समितिलाई नै आगामी ४ वर्षको लागि निरन्तरता दिने प्रस्ताव लैजाने भएको छ।

सभाले कुनै पनि लघुवित्त वित्तीय संस्थासँग एक अपसमा गाभ्ने तथा गाभिने तथगा प्राप्ति समाहित हुने प्रयोजनको लागि उपयुक्त जोडिको पहिचान गर्ने, सहमति पत्रमा हस्ताक्षर गर्ने, राष्ट्र बैंकमा आवेदन गर्ने तथा सम्पति तथा दाइत्व मुल्यांकन गर्न मुल्यांकनकर्ता नियुक्त गर्ने तथा अन्य सम्पुर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ।

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको उक्त लघुवित्तले हालसम्म सर्वसाधारणमा शेयर जारी गरेको छैन।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।