अरुण भ्यालीको लाभांश घोषणा

Dec 08, 2019 04:46 PM merolagani



अरुण भ्याली हाइड्रोपावर (AHPC) ले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलार्ई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।

हाइड्रोपावरको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश हाइड्रोपावरको बाईसौँ वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन्।

आर्थिक वर्ष २०७३/७४ को मुुुनााफ बााट १० प्रतिशत बोनस र कर प्रयोजनको लागि नगद समेत वितरण गरेको हाइड्रोपावरले गत आर्थिक वर्षको कमाइबाट भने लाभांश दर घटाएको हो।

आर्थिक वर्ष २०७४/७५ को मुुुनााफ बाट भने हाइड्रोपावरले कुनै लाभांश वितरण गरेन।

 

हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमासमा ५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

हाल ९३ करोड ३० लाख रुपैयाँ चुक्ता पूँजी रहेको हाइड्रोपावरको बोनसपश्चात पूँजी ९९ करोड ३० लाख रुपैयाँ पुग्नेछ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।