अरुण भ्यालीको लाभांश घोषणा

Dec 08, 2019 04:46 PM merolagani



अरुण भ्याली हाइड्रोपावर (AHPC) ले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलार्ई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।

हाइड्रोपावरको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश हाइड्रोपावरको बाईसौँ वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन्।

आर्थिक वर्ष २०७३/७४ को मुुुनााफ बााट १० प्रतिशत बोनस र कर प्रयोजनको लागि नगद समेत वितरण गरेको हाइड्रोपावरले गत आर्थिक वर्षको कमाइबाट भने लाभांश दर घटाएको हो।

आर्थिक वर्ष २०७४/७५ को मुुुनााफ बाट भने हाइड्रोपावरले कुनै लाभांश वितरण गरेन।

 

हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमासमा ५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

हाल ९३ करोड ३० लाख रुपैयाँ चुक्ता पूँजी रहेको हाइड्रोपावरको बोनसपश्चात पूँजी ९९ करोड ३० लाख रुपैयाँ पुग्नेछ।