लाइफ इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर लिलाम बिक्रीमा

Dec 09, 2019 09:03 AM Merolagani



लाइफ इन्स्योरेन्स कर्पोरशेन लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर लिलाम बिक्रीमा ल्याएको छ। इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको ५० हजार कित्ता संस्थापक शेयर बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो।

सो शेयर खरिदका लागि मंसिर २३ गतेदेखि पुस ७ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ। बोलपत्र पेश गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले नेपाल एबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, लाइफ इन्स्योरेन्स कर्पोरेशनको केन्द्रीय कार्यालय र नेपाल एसबीआई बैंकका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कोषको लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता एक हजार ४९५ रुपैयाँ तोकिएको छ। त्यसअनुसार न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य तोकेर बोलकबोल पेश गर्नुपर्नेछ। आवेदकले न्यूनतम १०० कित्ता वा सोभन्दा बढी अधिकतम सबै अर्थात ५० हजार कित्ताका लागि बोलपत्र पेश गर्न सक्नेछन्।

 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।