नयाँ नेपाल लघुवित्तको साधारण सभा पुस १९ गते, कहिले गर्दैछ लाभांशको बुकक्लोज ?

Dec 10, 2019 12:58 PM Merolagani



नयाँ नेपाल लघुवित्त (NNLB) ले आगामी पुस १९ गते हुने वार्षिक साधारण सभा प्रयोजनको लागि बुकक्लोज मिति तय गरेको छ। लघुवित्तले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि गर्न पुस ३ गतेदेखि साधारण सभासम्म बुकक्लोज गर्ने निर्णय गरेको हो। 

 यसअनुसार पुस २ गतेसम्म लघुवित्तको शेयर खरीद गरी शेयरधनी कायम भएकाहरुले मात्र लघुवित्तले वितरण गर्ने लाभांश र साधारण सभामा भाग लिन पाउनेछन्।

साधारण सभामा लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश  अनुमोदतन गर्ने एजेण्डा रहेको छ।

त्यसैगरी सभामा लघुवित्तले गाभ्ने वा गाभिने निर्णय गरेपश्चात कायम हुने चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत लैजादैँछ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।