एनआईसी एशिया लघुवित्तको आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित

Dec 10, 2019 01:14 PM Merolagani



एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ। लघुवित्तको मंसिर २३ गते, सोमबार सम्पन्न दोस्रो वार्षिक साधारण सभाले सो प्रस्ताव पारित गरेको हो।

नियामक निकायहरुको स्वीकृतीपश्चात आईपीओ निष्कासन गरिने लघुवित्तले जनाएको छ। सो सभाले सञ्चालक समितिको अध्यक्षमा कपिल ढकाललाई चयन गरेको छ। हाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पनि सम्हाल्दै आएका ढकालले मंगलबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए।

एनआईसी एशिया बैंकको सहायक कम्पनीको रुपमा रहेको यस लघुवित्तले ६० शाखा कार्यालयबाट १९ जिल्लाहरुमा सेवा प्रदान गरिरहेको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।