प्रभु इन्स्योरेन्सको लाभांश प्रस्ताव

Dec 13, 2019 11:29 AM Merolagani



प्रभु इन्स्योरेन्स (PRIN) ले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीको मंसिर २६ गते बिहिबार बसेको संचालक समितिको ३७८ औं बैठकले १६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

कम्पनीले गत आर्थिक वर्ष सम्मको वितरण योग्य संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ११.३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

कम्पनीको उक्त लाभांश बीमा समितिले स्वीकृति गरेपछि आगामी २४ औं वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि शेयरधनीले पाउनेछन्।

इस्योरेन्सले आर्थिक वर्ष २०७३/७४ मा १९.२० प्रतिशत बोनस र १.०१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। 

हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५० लाख रहेको छ। ५ प्रतिशत बोनस शेयर वितरणपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५ करोड ५३ लाख पुग्नेछ।

इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २६ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियाे। 




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।