समता लघुवित्तको हकप्रद बाँडफाँड, १ लाख ६२ हजार कित्ता बिक्री भएन

Dec 18, 2019 08:18 AM Merolagani



समता लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) ले मंसिर ३० गते हकप्रद शेयर बाँडफाँट गरेको छ। लघुवित्तले भदौ ३१ गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १ः२ अनुपातमा निष्कासन गरेको हकप्रद शेयर बाँडफाँट गरेको हो।

लघुवित्तले गत असोज २७ गतेदेखि मंसिर १ गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यका १२ लाख १३ हजार ४४० कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो। सोमध्ये लघुवित्तले १० लाख ५१ हजार ३८० कित्ता शेयर बाँडफाँट गरेको हो। निष्कासन अवधिभर रितपूर्वक आवेदन दिएका कूल ५ हजार ४३३ जना शेयरधनीहरुलाई सो शेयर बाँडफाँट गरेको हो। बाँडफाँट नभएको १ लाख ६२ हजार ६० कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्नेछ।

बाँडफाँटमा नपरेको हकप्रद शेयरबापतको रकम पुस ३ गते बिहीबारदेखि फिर्ता भुक्तानी गर्ने व्यवस्था गरिएको छ। लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

हाल ६ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको हकप्रद निष्काशन पश्चात १८ करोड २० लाख १६ हजार रुपैयाँ पुग्नेछ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।