मेरोलगानीको कृत्रिम शेयर कारोबार प्रतियोगिता, उत्कृष्ट मुनाफा कमाउने '१० जनालाई १ लाख पुरस्कार'

Dec 18, 2019 06:50 PM Merolagani
0



शेयर बजारको बारेमा सूचना सम्प्रेषण प्रवाह गर्दै आइरहेको मेरोलगानी डटकमले नवप्रवेशी विद्यार्थी, तथा शेयर लगानीकर्ताहरुलाई धितोपत्र बजारसम्बन्धी व्यवहारिक सीप विकास गर्न सन् २०२० जनवरी १ तारिखदेखि एक महिना कृत्रिम शेयर कारोबार प्रतियोगिता (भर्चुअल ट्रेडिङ्ग) आयोजना गर्ने भएको छ।

मेरोलगानी डटकमको वेवसाइटबाट  अनलाईन रुपमा सहभागिता जनाउन सकिने प्रतियोगिताले धितोपत्र बजारमा कारोबार गर्ने तरिका, राम्रा स्क्रिप्ट छानेर मुनाफा आर्जन गर्न सकिने तरिका, धितोपत्र कारोबारसम्बन्धी सीप विकास गर्न र अनलाईन कारोबारमा समेत अभ्यस्त बनाउन  यस प्रतियोगिताले सहयोग गर्नेछ।

प्रतियोगितामा सहभागिता जनाएर उत्कृष्ट मुनाफा आर्जन गरी विजयी हुने दश जनाले कूल १ लाख रुपैयाँ नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन्। यस प्रतियोगितामा विद्यार्थी, गृहिणीदेखि शेयर बजारमा निरन्तर कारोबार गरिरहेकाहरुले समेत अन्य सबैले सहभागिता जनाउन सक्नेछन्।

merolagani bulls race

 

प्रतियोगितामा उत्कृष्ट भई प्रथम हुनेले ३५ हजार रुपैयाँ, द्धितीय हुनेले २० हजार रुपैयाँ, तृतिय हुनेले १० हजार नगद जित्न सक्नेछन्। यसैगरि चौंथो स्थानदेखि दशौं स्थानसम्म मुनाफा आर्जन गर्ने प्रतियोगिलाई भने प्रतिब्यक्ति ५ हजारको दरले कूल ३५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको मेरोलगानीका डटकमका प्रमुख कार्यकारी अधिकृत अतितलाल श्रेष्ठले जानकारी दिए।

सन् २०२० जनवरी १ तारिखदेखि  आयोजना हुने उक्त प्रतियोगितामा धितोपत्र बजारमा सूचीकृत रहेका कम्पनीहरुमध्ये कस्ता कम्पनीहरुको शेयरमा गरिएको लगानीबाट वास्तविक बजारमा लगानी गरि मुनाफा आर्जन गर्न सकिन्छ भन्ने ब्यवसारिक ज्ञान प्रदान गर्न सहयोगि हुने  प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए।

  • कसरी जनाउने सहभागिता ? 

प्रतियोगितामा सहभागी हुन सर्वप्रथम प्रतियोगिले मेरोलगानीको वेभसाइट मा गई गृहपृष्ठसँगै दायाँ लहरको शिर्ष स्थानमा रहेको ड्यासबोर्डमा क्लिक मा क्लिक गर्नुपर्ने हुन्छ। सो पश्चात ड्यासबोर्डमा भएका विभिन्न अप्सनहरुमध्ये अन्तिममा रहेको ‘भर्चुअल ट्रेडिङ्ग’मा ज्वाइन नाउ (JOIN NOW) मा गई लगईन गर्नुपर्नेछ। फेसबुक र गुगल एकाउन्ट प्रयोगकर्ताले सोही एकाउन्ट मार्फत पनि लगईन गर्न सक्नेछन्। 

‘भर्चुअल ट्रेडिङ्ग’मा प्रवेश गरिसकेपछि पोर्टफोलियो, लाइभ मार्केट, खरिदबिक्री आदेश जस्ता ट्याबहरु देख्न सकिनेछ। जहाँबाट लाइभ मार्केट हेर्न, शेयर खरीद बिक्री आदेश दिन सकिनेछ।

सुरुवातमा हरेक प्रयोगकर्तालाई १० लाख भर्चुअल क्यास निशुल्क रुपमा उपलब्ध हुनेछ। सोही रकमका आधारमा प्रयोगकर्ताले धितोपत्र खरीद-बिक्री गर्न सक्नेछन्। शेयर खरीद गरेर सिस्टमले दिएको भर्चुअल क्यास सकिएमा प्रयोगकर्ताले थप क्यास खरीद गर्न सकिने व्यवस्था गरिएको छ। 

प्रतियोगितामा सहभागि हुँदा सो रकम कारोबारको क्रममा सकिएको खण्डमा थप प्रतिदश लाख रकमको कारोबार गर्न चाहेको खण्डमा भने  ३८ रुपैयाँ ३१ (कर सहित) शुल्क तिरेर रकम लिन सकिन्छ। यस्ता रकम एक हप्तामा एकपटक मात्र लिन सकिन्छ।

प्रयोगकर्ताले ‘बाई-सेल’ ट्याबमा गई शेयर बजार खुला रहेको समय (आइतबारदेखि बिहीबारसम्म ११ बजेदेखि ३ बजेसम्म) आफूले खरीद गर्न चाहेको धितोपत्रको नाम राखेर ‘सर्च’ गरेपश्चात सो कम्पनीको हालको मार्केट डेप्थ देखिन्छ। मार्केट डेप्थमा भएको मूल्य र आदेश अनुसार प्रयोगकर्ताले वास्तविक बजारमा जस्तै शेयर खरीद बिक्री गर्न सक्नेछन्।


आफूसँग भएकाे धितोपत्रको विवरण ‘माइ पोर्टफोलियो’ मा हेर्न सकिनेछ। प्रयोगकर्ताहरुमध्ये उत्कृष्ट १० जनाको नामावली ‘लिडरबोर्ड’ मा गई हेर्न सकिनेछ। सोही लिडरबोर्डमा भएका उत्कृष्ट १० प्रयोगकर्तालाई मेरोलगानीले मासिक रुपमा पुरस्कार प्रदान गर्नेछ।

लिडरबोर्डमा प्रथम हुने प्रयोगकर्तालाई ३५ हजार रुपैयाँ, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १० हजार नगद पुरस्कार दिइनेछ भने बाँकी ७ जनालाई ५ हजारका दरले नगद पुरस्कार दिइनेछ। सहभागी सबैले प्रतियोगिताको नियम पालना गर्नुपर्नेछ। महिनाको अन्तिम दुई कारोबार दिन (जनवरी २९ र ३०) मा  नयाँ प्रवेशि प्रतियोगिलाई प्रवेश गर्न रोक लगाइनेछ भने पहिला प्रवेश गर्नेले भने कारोबार गर्न सक्नेछन्।

सन् २०२० जनवरी १ देखि ३१ तारिख आधिकारिक रुपमा यस प्रतियोगिता सञ्चालन गरिने छ। यद्यपी, अहिलेपनि प्रयोगकर्ताहरुले मेरोलगानीको वेभसाइटमा गई  प्रयोग गर्न सक्नेछन्।

(यस प्रयोगिताको नियम बनाउने सर्वाधिकार मेरोलगानी डटकममा निहीत हुनेछ भने मेरोलगानी डटकमले गर्ने निर्णय नै अन्तिम हुनेछ।)




मेयर बालेनले ‘स्टण्ट’ गर्न असम्वन्धित व्यक्तिलाई पत्र काटेको ठहरसहित निर्मल निवासले जवाफ नदिने, जरिवाना पनि नतिर्ने !

Mar 29, 2025 06:54 PM

तीनकुनेमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना भन्दै महानगरपालिकाले पत्र काटेपनि पूर्वराजाले भने त्यो जरिवाना नतिर्ने भएका छन् । ‘महानगरपालिकाले आइतबार बुझाउने भनेकोमा जुनसुकै कारण देखाएपनि उक्त जरिवाना श्री ५ बाट तिर्ने कुरै हुँदैन’ पूर्वराजा ज्ञानेन्द्र शाह निकट स्रोतले मेरो लगानीसंग भन्यो ।