दुईवटा प्रदेशको सबै स्थानीय तहमा पुग्यो वाणिज्य बैंक, अझै १२ तहमा पुग्न बाँकी

Dec 18, 2019 04:19 PM Merolagani



चालु आर्थिक वर्षको चार महिनासम्ममा ७५३ स्थानीय तहमध्ये ७४१ तहमा वाणिज्य बैंकको पहुँच विस्तार भएको छ । त्यस अनुसार अब १२ स्थानीय तहमा मात्रै वाणिज्य बैंकको शाखा विस्तार हुन बाँकी छ ।

राष्ट्र बैंकको अनुसार सात प्रदेश मध्ये प्रदेश ५ र गण्डकी प्रदेशको सबै स्थानीय तहमा शाखा विस्तार भएको छ । यस्तै प्रदेश १ र कर्णाली प्रदेशमा १/१ शाखा विस्तार गर्न बाँकी छ । यस्तै प्रदेश २ र प्रदेश ३ को २ स्थानीय तहमा अझै वाणिज्य बैंक पुग्न सकेको छैन । सुदूरपश्चिम प्रदेशको ५ स्थानीय तहमा अझै बैकिङ्ग पहुँच पुग्न बाँकी छ ।

नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या कार्तिकसम्ममा १६७ पुगेको छ । त्यसमा २८ वाणिज्य बैंक, २५ विकास बैंक, २२ वित्त कम्पनी, ९१ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक रहेका छन् ।

बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०७६ असार मसान्तमा ८ हजार ६८६ रहेकोमा २०७६ कार्तिक मसान्तमा ९ हजार २२३ वटा पुगेको हो ।

यस्तै वाणिज्य बैंकको ३ हजार ९३५, विकास बैंकको १ हजार २७३, वित्त कम्पनीको २२० र लघुवित्त वित्तीय संस्थाको ३ हजार ७९५ गरी ९ हजार २२३ वटा शाखा पुगेको राष्ट्र बैंकले जनाएको छ ।

यस अवधिमा कुल १७८ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति प्रकृयामा सामेल भएका छन् । त्यस मध्ये १३५ वटा संस्थाहरुको इजाजत खारेज हुन गई ४३ संस्था कायम रहेको राष्ट्र बैंकको प्रतिबेदनमा उल्लेख छ । 

 




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।