कर चुक्ता प्रमाणपत्रका आधारमा ऋणीको कुल आय गणना गर्न राष्ट्र बैंकको निर्देशन

Jan 14, 2020 06:21 PM Merolagani



नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई करचुक्ता प्रमाणपत्रका आधारमा ऋणीको कुल आय गणना गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन २०७६ को निर्देशन अनुसार ऋणीको वार्षिक कुल आय गणना गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले ऋणीको आम्दानी मध्ये कर तिनु पर्ने आयको हकमा कर चुक्ता/दाखिला गरेको वा अद्यावधिक करचुक्ता प्रमाणपत्रको आधारमा ऋणीको वार्षिक कुल आय गणना गर्नुपर्नेछ ।

राष्ट्र बैंकले कर चुक्ता प्रमाणपत्र पेश भएपछि मात्र ऋण दिन निर्देशन दिएको थियो । सोही निर्देशनलाई कार्यावन्यन गर्न परिमार्जन गरेको हो । 

नेपाल राष्ट्र बैंकले अन्तर बैंक ऋणलाई कर्जा, स्रोत परिचालन अनुपात (सीसीडी) मा गणना गर्न नपाइने व्यवस्था गरेको छ ।

यस्तै तरलता सम्बन्धी जोखिमलाई न्यूनीकरण गर्ने उदेश्यले स्रोत परिचालनमा स्वदेशी मुद्रामा प्रवाह भएको कर्जा सापटको अनुपात ८० प्रतिशत नाघ्न नहुने गरी सीमा तोकिएको छ । तर कुनै बैंक तथा वित्तीय संस्थाले पुर्नकर्जा उपयोग गरेको भएमा सो रकम यस प्रयोजनको लागि कर्जा सापटबाट घटाउन सकिने नयाँ व्यवस्था गरिएकाे छ ।

राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५ बमोजिम प्रवाहित कर्जालाइ यस प्रयोजनको लागि कर्जा तथा सापटबाट घटाउन सकिने जनाएको छ।

 

 




लगातार चार दिन सरकारी बिदा, सरकारी कर्मचारीलाई राहत

May 22, 2026 12:15 PM

आगामी जेठ १४ गतेदेखि लगातार चार दिन बिदा परेको छ । जेठ महिनामा लगातार चार दिने बिदा हुने यो पहिलो पटक हो ।