समता लघुवित्तको १ लाख ६१ हजार कित्ता लिलामीमा

Dec 20, 2019 08:47 AM Merolagani



समता लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) ले हकप्रदमा बिक्री नभएका १ लाख ६१ हजार ७३८ कित्ता शेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ। कम्पनीले पुस ११ गतेदेखि सो शेयर लिलामीमा ल्याउन लागेको हो।

लघुवित्तले बिक्रीमा ल्याएको १२ लाख १३ हजार ४४० कित्ता हकप्रद शेयरमा ८४ हजार ५९८ कित्ता संस्थापक र ७७ हजार १४० कित्ता साधारण शेयरगरी कूल १ लाख ६१ हजार ७३८ कित्ता शेयर बिक्री नभएपछि उक्त शेयर लिलामीमा आउने भएको हो।

लघुवित्तले गत असोज २७ गतेदेखि मंसिर १ गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यका १२ लाख १३ हजार ४४० कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो।

बिक्रीमा ल्याइएको उक्त शेयरमा १० लाख ५१ हजार ३८० कित्ता शेयर मात्र बिक्री भएपछि बाँकी शेयर लिलामीमा आउने भएको हो। लिलामी शेयरमा लगानीकर्ताले पुस २२ गतेसम्म बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।

लघुवित्तको लिलामी शेयरमा लगानीकर्ताले एनआईबिएल एस क्यापिटल, तथा नेपाल इन्भेष्टमेन्ट बैंकको तोकिएका शाखा कार्यलय मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडबाट पनि आवेदन दिन सकिनेछ।

संस्थापक तर्फको लिलामी शेयरमा सर्वसाधारणहरुको दरखास्त परेमा न्यूनतम मूल्यभन्दा बढी जतिसुकै मूल्य उल्लेख गरेता पनि पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीहरुलाई दिइने लघुवित्तले जनाएको छ। प्राथमिकता क्रममा परेका विद्यमान संस्थापकहरुलाई शेयर बिक्री पश्चात बाँकी रहन गएका संस्थापक शेयर मात्र अन्य सर्वसाधारण आवेदकहरुलाई बोलकबोलको मान्यता अनुसार बिक्री गरिनेछ।

इच्छुक लगानीकर्ताले कम्तिमा १ सय रुपैयाँ वा सो भन्दा बढी प्रतिस्पर्धि मूल्य अंकित गरी आवेदन पेश गर्न सक्नेछन्। अधिकतम मूल्य अंकित गरी आवेदन गर्ने लगानीकर्तालाई प्राथामिकतामा राखि क्रमैसँग लिलामी शेयर बाँडफाँड गरिने छ।

लगानीकर्ताले बैंकको लिलामी संस्थापक शेयरमा न्यूनतम ५ हजार कित्ता र सर्वसाधारण शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ता शेयर खरीदको लागि आवेदन दिन पाउनेछन्। लगानीकर्ताले सो सीमाभित्र रहेर आफुले लिन चाहेको शेयर कित्ता उल्लेख गरी बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।

हाल ६ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको हकप्रद निष्काशन पश्चात १८ करोड २० लाख १६ हजार रुपैयाँ पुग्नेछ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।