समताले लाभांश पारित गर्न डाक्यो साधारण सभा, राष्ट्रियस्तरमा स्तरोन्नती हुन प्रक्रिया थाल्ने

Dec 20, 2019 09:40 AM Merolagani



समता लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) ले लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते साधारण सभा आह्वान गरेको छ। लघुवित्तको छैठौँ वार्षिक साधारण सभा होटल इच्छा प्रा.लि., सिमरामा दिउसो १ बजे शुरु हुनेछ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेको हकप्रद शेयर पूँजीकरणपश्चात कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ।

यसका साथै सभाले अन्य कुनै उपयुक्त लघुवित्तसँग मर्ज अथवा एक्वीजिसनमा जाने सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, एक जना महिला सञ्चालक निर्वाचन गर्ने, आवश्यक मापदण्ड पुरा भइसकेको हुँदा राष्ट्रिय स्तरमा स्तोन्नती हुन राष्ट्र बैंकमा प्रक्रिया अघि बढाउने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १९ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्ने भएको छ। पुस १८ गतेसम्म नेप्सेमा कारोबार भई २४ गतेभित्र लघुवित्तको शेयर रजिष्ट्रारमा प्राप्त गरेको नामसारी लिखतकोआधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरुले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

लघुवित्तले १ः२ अनुपातमा निष्कासन गरेको हकप्रद पूँजीकरण भइसकेकोले हाल लघुवित्तको चुक्ता पूँजी १८ करोड २० लाख १६ हजार रहेको छ। ५ प्रतिशत बोनस वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी १९ करोड ११ लाख १६ हजार पुग्नेछ।

लघुवित्तको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।




वाणिज्य बैंकहरुले चैत महिनाका लागि पनि घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Mar 14, 2026 10:40 AM

वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको छ।