कामना सेवाको ३ लाख ७५ हजार कित्ता बोनस सूचीकृत

Dec 23, 2019 05:14 PM Merolagani



कामना सेवा विकास बैंक (KSBBL) ले अघिल्लो आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई वितरण गरेको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ।

बैंकले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट ८ प्रतिशत नगद लाभांश र १.५ प्रतिशत बोनस शेयर गरि कूल ९.५० प्रतिशत लाभांश वितरण गरेको थियो।

२०७६ असार १४ गते सम्पन्न बैंकको बाह्रौं वार्षिक साधारण सभाबाट उक्त बोनस वितरण गर्ने प्रस्ताव अनुमोदन भएको थियो। साधारण सभा र लाभांश प्रयोजनका लागि बैंकले जेठ ३१ देखि बुकक्लोज गरेकाले जेठ ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र यो बोनस पाउनेछन्।

बैंकले वितरण गरेको उक्त १.५ प्रतिशत अर्थात ३ लाख ७५ हजार ३९८ कित्ता बोनस शेयर दोस्रो बजारमा कारोबारको लागि सूचीकृत भएको हो।

उक्त बोनस शेयर शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन्।

गत आर्थिक वर्ष २०७५/७६ बाट भने बैंकले ६.८० प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ। यो लाभांश अनुमोदनका लागि बैंकले पुस १७ गते अमृतभोग, कालिकास्थान, डिल्लीबजारमा बिहान ११ बजे १३ औँ वार्षिक साधारण सभा बोलाएको छ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।