बुटवल पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 24, 2019 08:21 AM Merolagani

बुटवल पावर लिमिटेड (BPCL) ले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज (पुस ८ गते) अन्तिम दिन हो।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ९ गते बुधबारदेखि साधारण सभाको दिनसम्म शेयरधनी दर्ता किताब बन्द गर्नेछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई शेयरधनी कायम रहने लगानीकर्ताले प्रस्तावित लाभांश पाउनेछन्।

कम्पनी सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १८ प्रतिशत नगद लाभांश गरि कूल २८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। यसअनुसार कम्पनीले २४ करोड ४० लाख ५५ हजार ५०० रुपैयाँ बोनस र ४३ करोड ९२ लाख ९९ हजार ९०० रुपैयाँ नगद गरि कूल ६८ करोड ३३ लाख ५५ हजार ४०० रुपैयाँ लाभांश वितरण गर्नेछ।

कम्पनीले पुस २४ गते कार्की ब्याङ्क्वेट, बबरमहलमा बिहान ११ बजे २७ औँ वार्षिक साधारण सभा आयोजना गर्नेछ।

हाल दुई अर्ब ४४ करोड ५ लाख ५५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रस्तावित दश प्रतिशत ९२४ करोड ४० लाख ५५ हजार ५०० रुपैयाँ० बोनस पश्चात २ अर्ब ६८ करोड ४६ लाख १० हजार ५०० रुपैयाँ कायम हुनेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।