दुई लघुवित्तको लाभांश आजसम्म कायम शेयरधनीहरुले पाउने

Jan 02, 2020 08:23 AM Merolagani



दुई लघुवित्तको लाभांश आज (पुस १७ गते, बिहीबार) सम्म शेयरधनी कायम हुनुपर्नेछ। मिर्मिरे लघुवित्त र समता लघुवित्तले घोषणा गरेको लाभांश प्राप्त गर्न आजसम्म शेयरधनी कायम हुनुपर्नेछ।

मिर्मिरे लघुवित्त (MMFDB) ले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १८ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्नेछ। यस अनुसार लघुवित्तको लाभांश आजसम्म कायम शेयरधनीहरुले प्राप्त गर्न सक्नेछन्।

लघुवित्तले पुस २८ गते लाभांश वितरण प्रस्तावसहित मिराबल रिसोर्ट एण्ड होटलमा साधारण सभा डाकेको छ।

सभाले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको ४५ प्रतिशत बोनस शेयर वितरण गर्ने, बोनस शेयरको कर प्रयोजनको लागि २.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै मर्जर वा प्राप्ति गर्न उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने, सञ्चालक समितिमा संस्थापक समूहका ४ जना र सर्वसाधारण समूहका २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

किसान, मिर्मिरे र नागबेली लघुवित्तले राष्ट्रियस्तरको लघुवित्त कम्पनी बन्ने उदेश्यका २०७६ बैशाख ३० गते सोमबार एक आपसमा मर्जर सम्झौता गरेका थिए। मर्जर पश्चात तीनवटै लघुवित्तको बैशाख ३१ गतेदेखि नेप्सेमा शेयर कारोबार रोकिएको थियो।

हाल लघुवित्तको चुक्ता पूँजी १२ करोड ८७ लाख ८६ हजार ४०० रुपैयाँ रहेको छ। सञ्चालक समितिले प्रस्ताव गरेको ५ करोड ७९ लाख ५३ हजार ८८० रुपैयाँ बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी १८ करोड ६७ लाख ४० हजार २८० रुपैयाँ पुग्नेछ।

समता लघुवित्त (SMATA) ले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १९ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्नेछ। पुस १८ गते शुक्रबार भएका कारण आज बुकक्लोज अघिको अन्तिम कारोबार दिन हो।

लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते साधारण सभा आह्वान गरेको छ। लघुवित्तको छैठौँ वार्षिक साधारण सभा होटल इच्छा प्रालि, सिमरामा दिउसो १ बजे शुरु हुनेछ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेको हकप्रद शेयर पूँजीकरणपश्चात कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ।

यसका साथै सभाले अन्य कुनै उपयुक्त लघुवित्तसँग मर्ज अथवा एक्वीजिसनमा जाने सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, एक जना महिला सञ्चालक निर्वाचन गर्ने, आवश्यक मापदण्ड पुरा भइसकेको हुँदा राष्ट्रिय स्तरमा स्तोन्नती हुन राष्ट्र बैंकमा प्रक्रिया अघि बढाउने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

लघुवित्तले १ः२ अनुपातमा निष्कासन गरेको हकप्रद पूँजीकरण भइसकेकोले हाल लघुवित्तको चुक्ता पूँजी १८ करोड २० लाख १६ हजार रहेको छ। ५ प्रतिशत बोनस वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी १९ करोड ११ लाख १६ हजार पुग्नेछ।

लघुवित्तको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।