Mon, Jan 20, 2025
नबिल बैंक र भारतीय आईसीआईसीआई बैंक बिच एक समझदारीपत्र (एमओयू) मा हस्तारक्षर भएको छ। यो सम्झौताले दुई संस्था बिच सहकार्य तथा व्यापार,रेमिट्यान्स, ट्रेजरी कोष लगायतमा विभिन्न व्यवसायिक सम्बन्धमा सहकार्य हुनेछ।
नबिल बैंकका सीईओ अनिल केशरी शाह र आईसीआईसीआई बैंकका इन्टरनेशनल फाइनान्सियल इन्स्टिच्युशन ग्रुप प्रमुख रञ्जु सिगटियाले काठमाडौंस्थित नबिल बैंकको केन्द्रीय कार्यालयमा यस सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। भारतकाे आईसीआईसी बैंक बैंकिङ तथा फ्रान्चाइज विस्तार (भारतभरका साथै केही प्रमुख विश्व बजार) मा विशिष्टता हासिल गरेको बैंक हाे। यस कारण दुबै बैंक यस एमओयूमार्फत सहकार्यका लागि एकसाथ हुँदा हासिल ‘जोइन्ट स्ट्रेन्थ’ (संयुक्त शक्ति) को प्रभावकारी रुपमा लाभ उठाउन यस सम्झौताले दुबै बैंकलाई सक्षम बनाउने बताइएकाे छ।
नबिल बैंकका सीईओ अनिल केशरी शाह र आईसीआईसीआई बैंकका इन्टरनेशनल फाइनान्सियल इन्स्टिच्युशन ग्रुप प्रमुख रञ्जु सिगटियाले काठमाडौंस्थित नबिल बैंकको केन्द्रीय कार्यालयमा यस सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
भारतकाे आईसीआईसी बैंक बैंकिङ तथा फ्रान्चाइज विस्तार (भारतभरका साथै केही प्रमुख विश्व बजार) मा विशिष्टता हासिल गरेको बैंक हाे। यस कारण दुबै बैंक यस एमओयूमार्फत सहकार्यका लागि एकसाथ हुँदा हासिल ‘जोइन्ट स्ट्रेन्थ’ (संयुक्त शक्ति) को प्रभावकारी रुपमा लाभ उठाउन यस सम्झौताले दुबै बैंकलाई सक्षम बनाउने बताइएकाे छ।
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।