समताको लिलामी शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

Jan 07, 2020 10:16 AM Merolagani



समता लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) ले शिलबन्दी बोलपत्र मार्फत खरिद आह्वान गरेको शेयरमा बोलपत्र पेश गर्ने आज (पुस २२ गते) अन्तिम दिन हो। लघुवित्तले १ लाख ६१ हजार ७३८ कित्ता हकप्रद शेयर पुस ११ गतेदेखि लिलामी मार्फत बिक्रीमा ल्याएको थियो।

लघुवित्तले बिक्रीमा ल्याएको १२ लाख १३ हजार ४४० कित्ता हकप्रद शेयरमा ८४ हजार ५९८ कित्ता संस्थापक र ७७ हजार १४० कित्ता साधारण शेयरगरी कूल १ लाख ६१ हजार ७३८ कित्ता शेयर बिक्री नभएपछि उक्त शेयर लिलामीमार्फत बिक्री खुला गरेको हो।

लघुवित्तले गत असोज २७ गतेदेखि मंसिर १ गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यका १२ लाख १३ हजार ४४० कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो।

बिक्रीमा ल्याइएको उक्त शेयरमा १० लाख ५१ हजार ३८० कित्ता शेयर मात्र बिक्री भएपछि बाँकी शेयर लिलामीमा आएको हो।

लघुवित्तको लिलामी शेयरमा लगानीकर्ताले एनआईबिएल एस क्यापिटल, तथा नेपाल इन्भेष्टमेन्ट बैंकको तोकिएका शाखा कार्यालय मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडबाट पनि आवेदन दिन सकिनेछ।

संस्थापक तर्फको लिलामी शेयरमा सर्वसाधारणहरुको दरखास्त परेमा न्यूनतम मूल्यभन्दा बढी जतिसुकै मूल्य उल्लेख गरेता पनि पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीहरुलाई दिइने लघुवित्तले जनाएको छ। प्राथमिकता क्रममा परेका विद्यमान संस्थापकहरुलाई शेयर बिक्री पश्चात बाँकी रहन गएका संस्थापक शेयर मात्र अन्य सर्वसाधारण आवेदकहरुलाई बोलकबोलको मान्यता अनुसार बिक्री गरिनेछ।

इच्छुक लगानीकर्ताले कम्तिमा १ सय रुपैयाँ वा सो भन्दा बढी प्रतिस्पर्धि मूल्य अंकित गरी आवेदन पेश गर्न सक्नेछन्। अधिकतम मूल्य अंकित गरी आवेदन गर्ने लगानीकर्तालाई प्राथामिकतामा राखि क्रमैसँग लिलामी शेयर बाँडफाँड गरिनेछ।

लगानीकर्ताले बैंकको लिलामी संस्थापक शेयरमा न्यूनतम ५ हजार कित्ता र सर्वसाधारण शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ता शेयर खरीदको लागि आवेदन दिन पाउनेछन्। लगानीकर्ताले सो सीमाभित्र रहेर आफुले लिन चाहेको शेयर कित्ता उल्लेख गरी बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।

हाल ६ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको हकप्रद निष्काशन पश्चात १८ करोड २० लाख १६ हजार रुपैयाँ पुग्नेछ।




सुन र चाँदीको मूल्य घट्ने क्रम जारी

Oct 28, 2025 11:08 AM

कात्तिक ११ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले घट्ने क्रमलाई निरन्तरता दिएको छ। यस दिन सुन प्रतितोला २ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ६० रुपैयाँ घटेको छ।