नयाँ स्टक एक्सचेन्ज र बैंकलाई ब्रोकर लाइसेन्स दिने बिषयमा म अहिले केही पनि बाेल्दिन :ढुंगाना

Jan 10, 2020 07:25 PM Merolagani

धितोपत्र बजारको नियमन गर्ने संस्था नेपाल धितोपत्र बोर्डमा गत सोमबार भीष्मराज ढुङगाना अध्यक्ष पदमा नियुक्त भएका छन् । उनी नियुक्त भएसँगै पूँजी बजारमा कस्ता परिवर्तन आउला भन्ने चासो लगानीकर्तामा बढ्दै गएको छ । यही विषयको सेरोफेरोमा रहेर मेरो लगानी डट कमका तर्फबाट सुवास निरौलाले शुक्रबार नै उनीसँग कुराकानी गरेका छन् । 

करीब १५ खर्बकाे बजार पूँजीकरण भएको शेयर बजारलाई प्रभावकारी बनाउने जिम्मेवारी तपाईँको काँधमा आएको छ । के छन् तंपाइका योजनाहरू ?

सबैभन्दा पहिले त बजार पूँजीकरणकाे कुरा गर्नुभयो । बजार पूँजीकरण झण्डै– झण्डै ३ हजार अर्ब रुपैयाँ पुग्न लागिसकेको थियो । तर अहिले घटेर १५ खर्बकाे हाराहारीमा आएको हो ।

हाम्रो बजारमा सबैभन्दा 'डिफिसियन्सी' के देखिन्छ भने, उपकरणहरू नै कम भए । हामी बजारमा के को ट्रेडिङ्ग गर्दैछौ भन्दा अहिले भएका इक्युटी, डिबेञ्चर र म्यूचुअल फण्ड युनिट बस्, त्यति नै हो । अरू केही छैन ।

अब अर्कातिर डिबेन्चरमा कर्पोरेट डिबेन्चरहरु राष्ट्र बैङ्कले अनिवार्य रूपले निकाल्नुपर्छ भनेपछि अलिअलि बढ्न थालेको छ । सरकारी बाेण्ड एउटा अर्काे मार्केट हो, त्यो पनि ट्रेडिङ्ग छैन । हामीले सबैभन्दा पहिले उपकरणहरू बढाउनु पर्यो ।

उपकरणहरू बढाउनका लागि तत्कालै दुईवटा कुरा गर्न सकिन्छ । एउटा रियल सेक्टरका कम्पनीहरूलाई मार्केटमा प्रवेश गराउने, दोस्रो कुरो डेरिभेटिभ्स प्रोडक्टहरु ल्याउने । यसले गर्दा बजारमा उपकरणहरू उपलब्ध हुन्छन् । उपकरणहरू उपलब्ध भए भने बजार पूँजीकरण र ट्रेडिङको भोलुम बढ्छ । गर्नु पर्ने कुरा त्यो हो ।

डेरिभेटिभ प्रडक्टको कुरा गर्नुभयो यहाँले, नेपाल स्टक एक्सचेन्जले दुइटा डेरिभेटिभ प्रडक्ट जसमा स्टक बेस फ्युचर्स र अर्को इन्डेक्स बेस फ्युचर्स  बिकास गर्दै छ । जसलाई लन्च गर्न उनीहरूले बोर्ड पठाउने तयारी गरिरहेका छन् नि ?

त्यो जुन डेरिभेटिभ इन्डेक्स बेस भन्या छ, सबैभन्दा पहिले इन्डेक्सलाई  बिश्वासनीय बनाउनुपर्यो । हाम्रो जुन इन्डेक्स बनाउने सिस्टम छ नि, इन्डेक्स बनाउने सिस्टमलाई  नै पहिले राम्रो सँग अध्ययन गर्नु पर्छ । त्यसमा चलायमान कम्पनीहरू राख्नु पर्छ । ती कम्पनीहरूको सही छनौट गरेर प्रडक्ट बनाउन मेरो विशेष जोड हुने छ । प्रडक्ट आउने माहौल पहिले बन्न सकेन तर मेरो कार्यकालमा आउने माहौल बनाइदिने छु ।

रियल सेक्टरलाई भित्र्याउने भनेर त नेपाल सरकारले बजेटमै बाध्यकारी समेत बनाएको छ । तर अझै कार्यान्वयन हुन सकेन ?

ल्याउन सकिएन, ठीक छ। भन्ने बित्तिकै केही पनि कुराहरू हुँदैन । तर जुन कुरा हुँदैन ती कुराहरूलाई समेटेर छलफल गर्न सराेकारवालालाई बोलाउनु पर्यो नि । तिमीहरू के चाहन्छौँ, किन तिमीहरू प्रवेश गरिरहेका छैनौँ, अनि पो वहाँहरुको धारणा आउँछ । वहाँहरूको धारणा आएपछि बल्ल  सरकारमा राख्ने हो ।

हामी त क्यापिटल मार्केटको बारेमा नेपाल सरकारलाई सल्लाह दिने निकाय हो । जसरी राष्ट्र बैङ्कले बैङ्किङ क्षेत्रको सल्लाह दिन्छ, हामीले पनि त्यस्तै सल्लाह दिने हाे ।

बजेटमा यो आयो, यसका कन्टेटहरू यो भए, यो नभईकन अगाडि बढ्दैन । तपाईँहरूले यो, यो कुराहरू गरिदिनुपर्यो । कतिपय कुराहरू हुन सक्ने  हुन्छन् कतिपय हुन नसक्ने  हुन्छन् । हुन नसक्ने कुराहरू छोडिदिनुस् र हुनसक्ने कुराहरू गर्नु पर्यो नि । मैले गर्ने त्यही हाे ।

यति बेला दोस्रो बजारमा लगानीकर्ताको मनोबल घटेको देखिन्छ । उनीहरूलाई तंपाइ आएपछि बजार सुधार होला भन्ने अपेक्षा छ । किनकि तपाई आएको भोलिपल्टै एक अर्ब रुपैयाँको कारोबार पनि भयो । लगानीकर्ताहरूले त स्वागत नै गरे । अब उनीहरूको मनोबल उकास्नलाई तपाईँले तत्काल केही नयाँ कुरा दिनुहुन्छ ?

बजारमा लगानीकर्ताहरूले कन्फिडेन्स चाहन्छन् । र आफ्नो लागि 'फेबरेबल इन्भारमेन्ट' चाहन्छन् ।  मैले लगानी गर्दा मलाई नाफा होस् भन्ने चाहन्छन् । अब हामीले हेर्नुपर्ने र दिनुपर्ने कुरा पनि त्यही हो ।

म लगानी गर्छु तर मलाई केही पनि आउँदैन भने म किन लगानी गर्नै त्यहाँ ?  कुनै पनि ठाउँमा लगानी गर्दा मेरो 'रिजनेबल रिटर्न' त आउनु पर्यो  । 'रिजनेबल रिटर्न'का लागि उनीहरूको कन्फिडेन्ट बढाउँदै लगानी गर्नुस् भन्न कुनै समस्या छैन ।

हाम्रो मुलुकमा बैकिङ्क र  फाइनान्सियल सेक्टरले डोमिनेट गरेको मार्केट छ । मान्छेहरूलाई के छ भने क्यापिटल मार्केटमा जति पनि किसिमका उपकरण, जति किसिमका सुविधाहरु उपलब्ध हुनुपर्ने हो, त्यो उपलब्ध भएको छैन । मसँग शेयर छ अथवा मसँग डिबेन्चर छ । अब मलाई पैसा चाहियो भने मेरो दिमागमा के आउँछ भने कमर्शियल बैङ्कमा गएर ओडी लिनुपर्छ । मलाई क्यापिटल मार्केटका इर्न्स्टुमेन्टहरु प्रयोग गर्नुपर्छ भन्ने मेरो दिमागमा नै छैन ।

यो छुट्टै मार्केट हो, ती इन्भेष्टरहरुलाई मसँग चाहिएको बेलामा तरलता छ, मसँग चाहिएको बेलामा रिटर्न छ र यो रिटर्न चाहिँ कमर्शियल बैङ्कमा मुद्दती  राख्नुभन्दा यतातिर बढी फाइदा हुन्छ भन्ने माहाैल बनाइदिनुपर्छ । त्यो काम मैले गर्छु ।

लामो समयदेखि नयाँ स्टक एक्सचेन्ज र बैङ्कका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स कुरा उठिरहेको छ । तर त्यसले सार्थकता पाएको छैन । तपाइको प्राथमिकतामा यो विषय पर्छ कि पर्दैन ?

यसको बारेमा हुन्छ वा हुँदैन अहिले म केही बाेल्दिन । किनभने यो विवादास्पद विषय हो । विवादास्पद विषयहरू आउँछ भने त्यसको अध्ययन गर्नुपर्छ र यसको (प्रोन्स एण्ड कोड) सबै कुरा डिजाइन गर्नुपर्ने हुन्छ । बजारमा एउटा कुरा के छ भने, कसैले पनि केही कुरा गर्नका लागि उसले सबैभन्दा पहिले आफू 'सस्टेन' हुनुपर्ने हुन्छ ।

नयाँ स्टक एक्सचेन्ज खाेल्न चाहने स्टकहोल्डरहरु को हुन्, त्यसका खेलाडीहरू को हुन् । जसले स्थापना गर्न चाहेका छन्, उसले नाफा (प्रोपिटाबिलिटी) देखेको होला । तर अर्का थरीको यसले समस्या पर्छ भन्ने होला ।  यी दुवैलाई मिलाउनु पर्ने हुन्छ । यी दुवै कुरा मुद्दाको विषय हो । यी दुवैलाई मिलाउनु पर्ने हुन्छ ।  यत्ति कै राख्नु हुँदैनब्रोकर लाइसेन्स कुरा पनि त्यही हाे ।यसलाई सम्बोधन गर्नुपर्ने हुन्छ । तर यसरी नै हुन्छ भन्ने कुरा अहिले नै भन्न सकिँदैन ।

 नियामक निकाय स्वायत्त हुनु पर्छ भन्ने छ, तपाइलाई के लाग्छ ?

त्यो एकदम सही हो । धितोपत्र निकाय स्वायत्त हुनुपर्छ । स्वायत्त हुनलाई के हुनुपर्छ भने, जुन संस्था स्वायत्त हुने हो त्यो संस्था आफू पनि क्षमतावान  हुनुपर्‍यो । तपाईँलाई एउटा पद र जिम्मेवारी दिइयाे तर तपाइले केही गर्न सक्नु भएन भने तपाइलाई उक्त जिम्मेवारी किन दिने भनेर  मैले हस्तक्षेप  गर्नु परेन ?  त्यसो हुनाले आफ्नो क्षमता आफैँले लिने हो । स्वायत्तता आफैले बनाउने हो । यदि म आफै सक्षम बनेँ भने  कसैले चलाउन सक्दैन । 

तपाईँको कार्यकालमा यो अपेक्षा गर्न सक्छौँ ?

म त्यसको लागि प्रयत्नरत हुन्छु ।

 स्टक एक्सचेन्जको शेयर पनि बिक्री गर्ने र पूर्ण रूपमा निजीकरणमा लैजाने कुरा छ, नि के हुन्छ ?

नेप्सेमा रहेकाे सरकारी शेयर बिस्तारै बिनिमेश त गर्नै पर्छ तर, तर सबै एकैपटक डाएभेष्ट गर्ने विषय होइन । सबै कुरा छाडेर नेप्सेलाई कर्पोरेटाइजेसन गर्नुपर्ने हुन्छ । जसको मतलब त्यसले आफ्नो सक्षमता अभिवृद्धि गर्नुपर्ने हुन्छ । नेप्से स्वचालित हुनुपर्‍यो ।  प्राविधिक सम्पन्न हुनु पर्याे । अनलाइन टे«डिङ्ग गरेऊ,अब डिभेञ्चरका कुराहरू गर्नुपर्यो । अनलाइन डिम्याटसँग इन्ट्रिग्रेट छैन । बैङ्क खातासँग इन्ट्रिग्रेट छैन अनि अफलाइनबाट कारोबार गर्ने मेकानिजम अहिलेसम्म छ । यस्तो हुँदैन के । त्यसो हुँदा डाएभेष्ट गर्ने हो तर सँगसँगै कर्पोरेटाइजेसन पनि गर्ने हो ।

 नेपाल सरकारले बनाएको रणनीति भन्दा त तपाइको उत्तर फरक आयो नि ?

नेपाल सरकारले शेयर बिनिमेश कर्पोरेटाइजेसन कै लागि गर्न लागेकाे हो नि त । 

जिडिपी र शेयर बजारको कुल बजार पूँजीकरण एकै हुनु पर्छ भन्ने छ । तर यति बेला बजार पूँजीकरण र जिडिपीको खाडल करिब ४७ प्रतिशत हुन लागेकाे छ, यस्ताे अवस्थामा के साेच्नु भएकाे छ ? 

 यो मार्केट क्यापिटलाइजेसनको कारणले भएको हो । साधरणतया अन्तर्राष्ट्रिय मान्यता के छ भने जिडिपीदेखि बजार पूँजीकरण रेसियो करिब ७० देखि ८० प्रतिशत हुनुपर्छ भन्ने नै छ । त्यो भन्दा माथि भयो भने किन यस्तो भइरहेको छ  नियामकहरू धेरै (वाचफुल) चनाखो हुनुपर्ने हुन्छ । साधारणतया ७० देखि ८० प्रतिशतलाई चाहिँ सुरक्षित जोन मानिन्छ ।

हाम्रो पनि नपुगेको होइन । त्यो भन्दा धेरै क्रस गरेको छ । तर हाम्रोमा क्रस गर्दा स्टेवल मार्केटले होइन भोलाटाइल मार्केटले टच भएको हो । स्टेवल मार्केट त्यो लेबल छोयो भने हामी कर्न्फटेवल जोनमा हुने छौँ । स्टेवल मार्केट भन्नाले, स्टक मार्केट जहिले पनि डब्लु आकारको हुनु पर्ने हुन्छ । संसारभरको स्टक मार्केट डब्लु  हुन्छ । जहाँ बिचबाट सिधा धर्को तान्दा ८  देखि  १० प्रतिशत हुनुपर्ने हुन्छ । सुरुदेखि अन्त्यसम्म  १०० प्रतिशत बजार वृद्धि हुँदा लगानीकर्ता खुसी त होलान् तर उक्त बजार कसरी तल झर्छ भन्ने कुरा कसैलाई थाहा छैन । त्यसैले बजार बिस्तारै बढ्नु पर्ने हुन्छ । जसलाई मिलाउने प्रयत्न मैले गर्ने छु ।

कमोडिटिज मार्केट, गैर आवासीय नेपालीलाई पूँजी बजारमा भित्र्याउने, स्टक डिलर लगायतका विषयले तपाइको कार्यकालमा पूर्णता पाउला ?

त्यही भएर त थुप्रै कुरा गर्न बाँकी छ भनेको । हामी बैकिङ्क क्षेत्रबाट आएको, हामीले व्यक्तिको खल्तीबाट पैसा कसरी झिक्ने र कसरी राख्ने कुराको व्यवस्थापन गरेका हुन्छौँ। हामीले अब के गर्नु पर्‍यो भने बजारमा शेयरको मूल्य बढेको छ, प्राकृतिक हो होइन । घटेको छ प्राकृतिक हो कि होइन भनेर बुझ्न  मेकानिजम विकास गर्न सकिने छ ।

सेक्युरिटिज कम्पनीलाई डिलरहरूलाई बनाएर नियमन गर्नुपर्छ । बढ्न थाल्यो भने सप्लाई गर्ने घट्न थाल्यो भने किन्ने, यहाँ डिलर अगाडि बढाउनु पर्ने हुन्छ । यसलाई हाम्रो टर्ममा ओपन मार्केट अप्रेसन भन्छौँ । मार्केट अप्रेसन सेकुरिटिज बजारमा पनि हुन्छ । यस्ता सामाग्रीहरू छन् त्यसलाई बिस्तारै प्रयोग गर्न सकिने छ ।

हाम्रोमा किन उतार चढाव  हुन्छ ? यहाँ व्यक्तिगत लगानीकर्ता धेरै छन् ।संस्थागत लगानीकर्ता कम छन् । संस्थागत लगानीकर्ता कम्तीमा पनि ७० प्रतिशतको हाराहारीमा हुनुपर्ने हुन्छ । त्यसपछि मात्र बजार स्टेवल हुन्छ । यस्तै विभिन्न किसिमका टुल्सहरू छन् त्यसलाई हामीले प्रयोग गर्नुपर्ने हुन्छ ।

अर्को विषय लाइसेन्स नै नदिए पछि कम्युडिटि मार्केट बन्छ ? लाइसेन्स दिएर काम गर्न थालेपछि मात्र नियमन गर्ने हो । कम्युडिटि मार्केटको विकास गर्नु पर्छ भन्ने पक्षको मान्छे हुँ म ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।