नेप्सेमा उतारचढाव, १ घण्टामा २४ अंक बढ्यो

Jan 13, 2020 12:12 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचकमा उतारचढाव देखिएको छ। बजार खुलेदेखि उकालो लागेको नेप्से एक हजार २८४.७९ विन्दुमा पुगेको थियो।

नेप्से उच्च अंक बढ्दा बिक्रीकर्ताहरु हाबी भएपछि सो विन्दुबाट नेप्से ओरालो लागेको थियो। तर, बजारमा खरिदकर्ताहरुको चाप बढेसँगै नेप्से पुनः उकालो लागेको छ।

कारोबारको १ घण्टा अवधिमा नेप्से १.९३ प्रतिशत अर्थात २४.२४ अंक बढेर एक हजार २७९.९५ विन्दुमा पुगेको छ। सो अवधिसम्ममा १६२ कम्पनीको ५ हजार ३९६ पटकको कारोबारमा ४९ करोड ८९ लाख २७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

बजारमा तरलता सहज हुँदै जाँदा बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदरमा कमी आउन थालेसँगै बजारमा उत्साह छाएको हो। 

१२ बजेसम्ममा घोडीघोडा लघुवित्त र कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबारमा आएका सबै उपसमूहका परिसूचकहरु बढेका छन्।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।