स्पर्स लघुवित्तको लाभांश र मर्जरमा जाने प्रस्ताव पारित

Jan 13, 2020 06:04 PM Merolagani



स्पर्स लघुवित्त वित्तीय संस्था (@SPARS@) को तेस्रोे वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १३.६८ प्रतिशत लाभांश पारित गरेको छ। 

लघुवित्तको होटल बाराही, लेकसाइड, पोखरामा सम्पन्न साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव  पारित गरेको हो । 

हाल ८ करोड २९ लाख ६३ हजार रहेको यस लघुवित्तको चुक्ता पूँजी १३ प्रतिशत बोनस शेयर वितरणपश्चात ९ करोड ३७ लाख ४८ हजार पुगेको छ । 

यसका साथै, सभाले अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्वीजीसन गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, मर्जर अथवा एक्वीजीसनपश्चात कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम भएपश्चात १० जिल्लाको कार्यक्षेत्रलाई विस्तार गरी राष्ट्रियस्तरको बनाउने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ। 

साधारण सभामा सर्वसाधारण शेयरधनीको तर्फबाट नारायणी देवकोटा र जगन्नाथ रिजाल निर्विरोध निर्वाचित भएका छन्। वित्तीय संस्था सञ्चालक समितिका अध्यक्ष प्रा.डा. सुशिल भक्त माथेमाको अध्यक्षतामा भएको सभाले संस्थाले आव २०७५/०७६ को वार्षिक प्रतिवेदन माथि छलफल, लेखापरिक्षण प्रतिवेदन, आर्थिक बर्ष २०७६/०७७ को लागि लेखा परिक्षक नियुक्ति गरेको छ। 




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।