एकाएक शेयर बजारमा कहाँबाट आयो यति धेरै पैसा, साना लगानीकर्ताले कतिन्जेल धान्लान् बजार ?

Jan 14, 2020 06:00 PM Merolagani

सुवास निरौला

यतिबेला दोस्रो बजारमा उत्साह देखिएको छ । दैनिक कारोबार रकम अर्ब रुपैयाँ नाघ्दै गएको छ । कारोबार रकम बढेसँगै दोस्रो बजारमा औसत कारोबार रकमनै ४३ प्रतिशतले बढेको छ । अघिल्लो साताको तुलनामा औसत कारोबार रकम गत साता ४३ प्रतिशतले बढ्यो । 

अघिल्लो साता औसत कारोबार रकम ४७ करोड रुपैयाँ थियो भने गत साता एका एक औसत कारोबार रकम बढेर ८४ करोड रुपैयाँ पुग्याे । एक सातामै कारोबार रकम उल्लेख्य बढेपनि बजारमा ठूला लगानीकर्ता अझै प्रवेश गरेका छैनन् । नयाँ र सानै लगानीकर्ताले बजार धान्दै आएका छन् । उनीहरुले बैक बित्तीय संस्थाबाट सरल तरिकाले प्राप्त गरेकाे ऋण र बचत रकमलाई परिचालनले नै यतिबेला कारोबार रकम बढाउन टेवा पुर्याएको छ ।  

बजारमा ठूला लगानीकर्ता अझै प्रवेश नगरेको र सानै लगानीकर्ताले यतिबेला बजार धानीरहेको ब्रोकर नं २८ का संचालक नन्दकिशोर मुन्दडा बताउछन् । उनी भन्छन् 'यतिबेला मेरो कार्यलयबाट कारोबार गर्ने ठूला लगानीकर्ता अझै फर्किएका छैनन् ' । बजारमा एक अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको भएपनि ठूलो कित्ताको  कारोबार भने अझै हुन सकेको छैन । एक हजार कित्ताकै सेरोफेरोमा बजारमा कारोबार भइरहेको छ । नयाँ लगानीकर्ता र दोस्रो बजारकै नियमित कारोबारीले थोरै कारोबार बढाउँदा एक अर्ब रुपैयाँ नाघेको हो । 'ठूला लगानीकर्ता छैनन् । केही नयाँ अनुहार बजारमा देखिएका छन् । उनीहरुले कारोबार बढाएका छन् भने नियमित कारोबारीले समेत थोरै कारोबार बढाएका हुन् ' मुन्दडाले भने ।

बैक बित्तीय संस्थामा तरलता बढेकै कारण दोस्रो बजारमा कारोबार रकम बढेको नेपाल इन्भेष्टर फोरमका पूर्ब अध्यक्ष अम्बिकाप्रसाद पौडेलले बताए । 'बैकमा तरलता बढेको छ । लगानीकर्ताले सहज ऋण पाएका छन् । जसले कारोबार रकम बढाउन टेवा पुर्याएको छ ' पौडेलले भने । यतिबेला नियमित कारोबारी र मध्यमबर्गले बचत गरेको रकम बजारमा बिस्तारै आउन थालेको पौडेलको भनाई छ । लगानीकर्ताको 'कन्फिडेन्स' धेरै देखिएकोले पर्याप्त कारोबार रकम बढेको उनको भनाई छ । व्याजदर घटेको र दोस्रो त्रैमासको बित्तीय बिवरण समेत राम्रो आउने प्रक्षेपणले लगानीकर्ताले कारोबार बढाउदा रकम बढ्न थप टेवा पुगेको पौडेलको भनाई छ ।

बजारमा लगानीकर्ताको कन्फिडेन्स बढेकै कारण पर्याप्त कारोबार भएको एक ब्रोकर कम्पनीका संचालक बताए । यतिबेला सानै लगानीकर्ताले बजार बढाई रहेकोले यसको टिकाउमा उनले शंका गरेका छन् । साना लगानीकर्ताले मात्रै बजार धान्न नसक्ने उनको ठम्याई छ । 'साना लगानीकर्ता मात्रै छन् । ठूला प्रबेश गरेका छैनन् । उनीहरु प्रवेश नगरेका कारण खुद्रे कारोबारमै बजार सिमित छ । ठूला लगानीकर्ता प्रवेश नगरेसम्म बजारको बृद्धि टिकाउ हुनै सक्दैन' उनले भने ।

गत सात मात्रै शेयर बजार मापक सूचक करिब चार प्रतिशतले उकालो लाग्यो भने कारोबार रकममा ७६.६३ प्रतिशतले बृद्धि देखियो । गत साता नेपाल स्टक एक्चेन्जमा एक अर्ब ४६ करोड कित्ता शेयर ४२ करोड २५ लाख रुपैयाँमा करोबार भए । यो अघिल्लो साताको सोही अबधिको तुलनामा ७६ प्रतिशतले बढी हो । जबकी अघिल्लो साता दोस्रो बजारमा ७१ लाख कित्ता शेयर दुई अर्ब ३९ करोड रुपैयाँमा कारोबार भएका थियो । शेयर कित्ताको आधारमा गत साता ५१ प्रतिशतको बृद्धि हो

गत साता

%   (बृद्धि)

कारोबार रकम

4225560000

76

शेयर कित्ता

14682400

51.06

     

अघिल्लो साता

 

कारोबार रकम

2392270000

 

शेयर कित्ता

7184640

 

यस साता समेत कारोबार रकम बढ्दो क्रममा देखिएको छ । गएको तीन कारोबार दिनमै कारोबार रकम चार अर्ब रुपैयाँ नाघिसकेको छ । आइतबार,सोमबार मङ्गलवार दोस्रो बजारमा चार अर्व छ करोड रुपैयाँ बराबरको शेयर कारोबार भईसकेको छ । यो गत साता भरीमा भएको कारोबार भन्दा १६ करोड रुपैयाँ मात्रै कम हो ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।