मल्टीपर्पस फाइनान्सको बोलपत्र खुला हुँदै

Jan 20, 2020 10:11 AM Merolagani



मल्टीपर्पस फाइनान्स (MPFL) ले पुस १४ गतेदेखि २८ गतेसम्म लिलामीमा ल्याएको २ लाख कित्ता शेयरको बोलपत्र माघ ७ गते मंगलबार खुला हुँदैछ।

फाइनान्सले १८ लाख ५० हजार ७२१ कित्ता संस्थापक शेयर र १ लाख ४९ हजार ६५७ कित्ता सर्वसाधारण शेयरको बोलपत्र सिभिल क्यापिटल सीटीसी मल, सुन्धारामा दिउँसो ३ बजे खुला गरिन लागेको हो।

फाइनान्सले असार २३ देखि भदौ ९ गतेसम्म ८६५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो । सो हकप्रदमा संस्थापक तर्फको १८ लाख ६० हजार ७२१ कित्ता र सर्वसाधारण तर्फको ६ लाख २६ हजार ५५७ कित्ता शेयर बिक्री नभएपछि गत असोज ३० गतेदेखि कात्तिक ७ गतेसम्म लिलाम बिक्री गरेको थियो। सो लिलामीमा पनि पूर्ण बिक्री नभएपछि फाइनान्सले बाँकी शेयर पुनः लिलाम बिक्री गर्न लागेको हो।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।