सिभिल बैंकमा ११० जनाको लागि जागिरको अवसर

Jan 22, 2020 09:58 AM Merolagani



सिभिल बैंक (CBL) ले विभिन्न तहहरुमा ११० जना कर्मचारीको माग गरेको छ। बैंकले ब्रान्च म्यानेजर, रिलेसनशिप म्यानेजर, अपरेशन इन्चार्ज र अपरेसन्स एशिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो।

बैंकले ब्रान्च म्यानेजर पदका लागि १५ जना र रिलेसनशिप म्यानेजर पदका लागि ३० जना कर्मचारी मागेको छ। त्यसैगरी, अपरेशन इन्चार्जमा १५ र अपरेशन एशिस्टेन्टमा ५० जनाको लागि रोजगारी खुला गरेको छ।

इच्छुक व्यक्तिहरुले फेब्रुअरी ५, २०२० अर्थात यही माघ २२ गते भित्र बैंकको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।